बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

दिदीबहिनीबाट चार सय ज्येष्ठ नागरिक सम्मानित

  • प्रकाशित मिति : आइतवार, चैत्र २७, २०७३



  • पर्वत । पर्वतको एक रेडियोद्वारा विकट गाउँका ४०० भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

    सात वर्षदेखि कुश्माबजारमा महिलाको व्यवस्थापनमा सञ्चालित सामुदायिक रेडियो दिदीबहिनी पर्वतले जिल्लाको मोदी गाउँपालिकाका वृद्धवृद्धालाई सम्मान गरेको हो । शनिबार पातीचौरमा आयोजित एक कार्यक्रममा वृद्धवृद्धालाई दोसल्ला, नगद र फलफूलले सम्मान गरिएको रेडियोका अध्यक्ष सांसद कल्पना चापागाईंले जानकारी दिइन् ।

    रेडियोले सामाजिक दायित्वअन्तर्गत आफ्ना स्रोतालाई सम्मान गरेको र यो सम्मानले वृद्धवृद्धामा आत्मसम्मान र हौसला बढेको सांसद चापागाईंले जानकारी दिइन् ।

    रेडियोले गत फागुनमा सञ्चालित पश्चिमाञ्चल महिला महोत्सवको अवसरमा पनि जिल्लाभरका ३०० भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij