मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

ज्यानमारा रुख ! यसबाट टाढै रहनु बेस्

  • प्रकाशित मिति : सोमवार, चैत्र २८, २०७३



  • काठमाडौं, चैत २८ । प्रकृतिको हरियाली सबैलाई प्यारो लाग्छ । अझ गर्मीमा हरियो रुखको छहारीमा बस्न कसलाई मन लाग्दैन र ? तर केही रुख यति खतरनाक हुन्छन्, जसको छेउछाउमा पुग्नु पनि मानिसका लागि मृत्युको कारण बन्न सक्छ ।

    सामान्य रुख झै देखिने ‘सरबेरा ओडोलम’ ज्यानमारा रुख मानिन्छ । हेर्दा सुन्दर लाग्ने यो रुखले मानिसलाई स्वाभाविक रुपमा आकर्षित गर्छ तर यो रुख यति खतरनाक हुन्छ कि, यसको सम्पर्कमा पुग्ने मानिसको ज्यान जोखिममा पर्दछ ।

    यो रुखकै कारण प्रत्येक हप्ता कम्तीमा पनि एक जनाको मृत्यु हुने गरेको बताइन्छ ।

    यो रुख निकै विषालु हुन्छ । वैज्ञानिकहरुका अनुसार विश्वमै पाइने विषालु रुखमध्ये यो सर्वाधिक खतरनाक हो ।

    यो रुखमा रहेको विष मानिसको शरीरमा प्रवेश गरेमा मुटुको धडकन बढ्ने, वाकवाकी लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छ । यसले हृदयको कार्य प्रणाली र एन्जाइम्सलाई चाँडै असर गर्दछ । जसका कारण मानिसको मृत्यु हुन्छ ।

    वैज्ञानिकहरुका अनुसार यो रुखमा पाइने विष मानिसको शरीरमा प्रवेश गरेमा कुनै विषालु इन्जेक्सनसरह मानिसका लागि मृत्युको कारण बन्दछ ।

    यो रुख भारतसहित दक्षिण पूर्वी एसियाका केही मुलुकमा पाइन्छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij