बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

बिहे भएको ६ महिनामै बच्चा जन्मिए पनि स्वीकार्नुपर्ने

  • प्रकाशित मिति : मङ्लबार, चैत्र २९, २०७३



  • काठमाडौं । सामान्यतया नौ महिनामा बच्चा जन्मने चक्र हुन्छ । नौ महिनापछि जन्मेको शिशु विवाह गरेको पुरुष र उसको परिवारले स्वीकार गर्ने नेपाली परम्परा छ ।

    तर मुलुकी ऐन कार्यान्वयन गर्न निर्माण भएको कानुनमा विवाह भएको मितिले एक सय ८० दिनपछि जन्मेको शिशु विवाहित पतिबाटै जन्मेको मानिने प्रस्ताव गरिएको छ ।

    पतिको मृत्यु भएमा वा वैवाहिक सम्बन्ध अन्त्य भएमा उक्त मितिबाट दुई सय ७५ दिनभित्र अर्थात् नौ महिनासम्म पनि पति कै हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

    ‘विवाह गर्ने तथा कुनै प्राकृतिक वा अन्य प्राविधिक कारणले छिटो बच्च जन्मेमा स्वीकार नगर्ने चलन अन्त्य गर्न यस्तो व्यवस्था गरिएको हो,’ विधायन समितिका सदस्य रेवतीरमण भण्डारीले भने, ‘सम्बन्ध विच्छेद भएपछि उसको गर्भबाट नौ महिनासम्म बच्चा जन्मने सम्भावना हुने तर पतिले स्वीकार नगरेको देखिएकाले यस्तो व्यवस्था गरिएको हो ।’ –नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij