बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

तीन दिनदेखि विद्युत् अवरुद्ध : कहाँ बिग्रियो थाहा भएन

  • प्रकाशित मिति : मङ्लबार, चैत्र २९, २०७३



  • खोटाङ ।  खोटाङमा तीन दिनदेखि अवरुद्ध विद्युत्को आपूर्ति अझै हुन सकेको छैन । दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको तार चुडिँदा गत आइतबार साँझदेखि विद्युत् अवरुद्ध भएको हो ।

    अवरुद्ध विद्युत् मर्मतका लागि प्राविधिक टोली खटाइसकिएको नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय दिक्तेलले जनाएको छ । आइतबार राति चलेको हावाहुरीले रसुवा आसपासमा तार चुँडाएको अनुमान गरिएको प्राधिकरणले जनाएको छ ।

    विद्युत् अवरुद्ध हुँदा खोटाङका साथै छिमेकी जिल्ला ओखलढुङ्गाको जनजीवनसमेत प्रभावित भएको छ । विद्युत् अवरुद्ध भएपछि सरकारी तथा गैरसरकारी कार्यालयका काम, वित्तीय कारोबार, व्यापार÷व्यवसाय सञ्चालनमा समस्या हुनुका साथै जिल्लामा सञ्चालित विद्युतीय तथा छापा सञ्चारमाध्यमको प्रकाशन र प्रसारणमा समेत असर पुगेको छ ।

    जिल्लामा पटकपटक लामो समयसम्म विद्युत् अवरुद्ध गराइएको भन्दै स्थानीय उपभोक्ता आक्रोशित भएका छन् । उनीहरुले प्राधिकरणका कर्मचारीको लापर्बाहीले विद्युत् अवरुद्ध भएको आरोप लगाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij