मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दश वर्षसम्म मेडिकल शिक्षण संस्था खोल्न नपाउने ब्यवस्था गर्न माग

  • प्रकाशित मिति : बिहिबार, चैत्र ३१, २०७३



  • काठमाडौं । सांसदहरुले काठमाडौं उपत्यका भित्र १० वर्षसम्म चिकित्सा क्षेत्रसँग सम्बन्धित शिक्षण संस्था खोल्न नपाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन ।

    व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिको विहिबारको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको दफावार छलफलमा भाग लिदै सांसदहरुले उत्यकाका तीन वटै जिल्लामा अब १० वर्षसम्म चिकित्सा शिक्षण संस्था नखोल्ने कानुनी व्यवस्था नै गर्नुपर्नेमा जोड दिएका हुन् ।

    उनीहरुले शिक्षण संस्थामा गरिवको पनि पहुँच पु¥याउनुपर्ने आवश्यक्ता पनि औल्याएका छन् । समितिका सदस्य जीतु गौतमले दलितहरुलाई पनि समावेश गरेर चिकित्सा शाष्त्र सम्बन्धि नीति तय गर्ने कानुनी व्यवस्था गर्न माग गरे ।

    समितिका अर्का सदस्य रामनारायण बिडारीले चिकित्सा क्षेत्रलाई मर्यादित बनाउने गरी नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
    बैठकमा शिक्षा मन्त्री धनिराम पौडेलले विधेयकलाई अझै वृहत छलफल गरी अन्तिम रुप दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

    सरकारले अन्तर्राष्ट्रियस्तरमै नेपाललाई चिकित्सा क्षेत्रको अध्ययन केन्द्रको थलोको रुपमा स्थापित गराउने गरी विधेयक आएको दावी गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij