बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

बेलायतको बेडफोर्डसायर विश्वविद्यालय र पाटन कलेजबीच सम्झौता

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १, २०७४



  • काठमाडौं ।  युनिभर्सिटी अफ बेडफोर्डसायर, बेलायतबाट सम्बन्धन प्राप्त पाटन कलेज फर प्रोफेसनल स्टडिजले स्नातकस्तरको बिएस्सी, अनर्स इन कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ्ग र ब्याचलर इन बिजनेश एडमिनिष्ट्रेसन कार्यक्रम शुरु गरेको छ ।

    विश्व विद्यालय र पाटन कलेजबीच सूचना प्रविधि र व्यवस्थापन विषयमा स्नाकोत्तरस्तरको कार्यक्रम संचालन गर्ने सम्झौता पत्रमा विश्वविद्यालयका तर्फबाट उपकुलपति अशरफ जावेद र पाटन कलेजको तर्फबाट अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन् ।

    शिक्षामन्त्री धनीराम पौडेलले एक समारोहकाबीच सो कलेजको उद्घाटन गरे । उक्त कार्यक्रममा बेलायती राजदूत रिचर्ड मोरीस र विश्वविद्यालयका सहायक उपकुलपति अशरफ जावेदको समेत उपस्थिति थियो ।

    टाइम्स युकेको र्याङकिङअनुसार १३० वर्ष पुरानो युनिभर्सिटी अफ बेडफोर्डसायर विश्वको उत्कृष्ट आठ सय विश्व विद्यालय मध्ये एक भएको बताइन्छ । यो विश्व विद्यालयमा १२० मुलुकको २२ हजार विद्यार्थी अध्ययनरत छन् । यो विश्वविद्यालयको कार्यक्रमहरु चीन र भियतनाम लगायत मध्य पूर्व, यूरोप, दक्षिण पूर्व एशिया लगायतका अन्य देशहरुमा संचालित छ ।

    यो विश्व विद्यालयबाट अध्ययन गरेका ९२ प्रतिशत विद्यार्थीहरुले ६ महिनामै काम गर्न थाल्ने विश्वविद्यालयको दाबी छ ।
    कलेजमा विद्यार्थीको लागि छुट्टै लर्निङ्ग जोन समेत सञ्चालित छ । लर्निङ्ग जोनमा एक पटकमा ३५ भन्दा बढी विद्यार्थीहरु आफ्नो सुविधा अनुसार, स्वतन्त्र रुपमा पढ्न सक्ने विश्वविद्यालयले जनाएको छ ।

    कलेजका संस्थापक परमानन्द केजरीवाललेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कलेजका अध्यक्ष पंकज जलानले गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij