बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

अभिभावक लुट्दै नीजि विद्यालय, सरकारी निकाय रमिते : मन्टेश्वरीकै शुल्क एक लाख पचास हजार सम्म

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १, २०७४



  • काठमाडौँ । आजको जन आह्वान साप्ताहिकमा  यो खबर छ ।
    सरकारले ध्यान दिन नसक्दा अभिभावक यस वर्षमा पनि ठगीमा पर्ने भएका छन् । सरकारी बेवास्थाका कारण नीजि विद्यालयले अभिभावकलाई खुलमखुल्ला ठगी गर्नका लागि वातावरण पैदा गरेको छ ।

    अभिभावक लुट्नेमा सबैभन्दा बढी एमाले निकटका विद्यालय बढी रहेका छन् । उनीहरु सरकारले नै यति शुल्क लगाएको भन्दै दोष जति सरकालाई थोपेर लुटिरहेका छन् । तर शिक्षा मन्त्री धनीराम पौडेल भने देखेको नदेख्यै गरेर अभिभावक लुट्न सहयोग गरिरहेका छन् ।
    शैक्षिक शत्र सुरु हुन तीन दिन मात्र बाँकी रहे पनि उपत्यकाका निजी विद्यालय सञ्चालकले विद्यार्थीबाट लिन पाउने शुल्कको सीमाका विषयमा अझै निर्णय हुन सकेको छैन ।

    राजधानीका विद्यालयले मन्टोस्वरीमा भर्नाका लागि मात्रै एक लाख ५० हजार भन्दा बढी रकम उठाएका छन् । तर शुल्क अनुगमन गर्ने जिल्ला शिक्षा कार्यालय र जिल्ला शिक्षा अधिकारी नीजि विद्यालयले दिएको मेजमानीमा रमाएर बसेको भन्दै अभिभावकले आपत्ति जनाएका छन् ।

    सामान्य विद्यालयले पनि विद्यार्थीसँग भर्ना, पुस्तक, कापी तथा कलम, पुस्तकालय तथा शैक्षिक तथा अन्य शुल्कको नाममा एकमुष्ठ रुपमा रकम उठाएका छन् । कानुनतः नयाँ भर्नाको नाममा शुल्क उठाउन पाइदैन । तर सरकारी निकायको कमजोरीका कारण अभिभावक चर्को शुल्कको मारमा परेका छन् ।

    काठमाडौँ उपत्यकामा मात्रै नभइ देशभर नै नीजि शैक्षिक संस्थाले मनलाग्दी तवरले शुल्क उठाएका छन् । अधिकाशं विद्यालयले अनावश्यक रुपमा उठाएको शुल्कका बारेमा प्रश्न उठाउने सरकारी निकाय नै मौन बस्दा समस्यामा परेका अभिभावकले गुनासो गर्ने ठाँउ पाएका छैनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij