शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आइजीपी प्रकरणमा नयाँ मोड : डीआईजी नवराज सिलवाल पक्राउ

  • प्रकाशित मिति : सोमवार, बैशाख ११, २०७४



  • प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ ।

    उनीमाथि काजजात किर्ते गरेको आरोप लागको छ ।

    आइजीपी प्रकरणमा सिलवाले अदालतमा पेश गरेको काजजातमा किर्ते गरेको आरोप लागेको थियो ।

    प्रहरी प्रधान कार्यालय स्रोतले छानविन समितिले सिलवाललाई बयानका लागि ल्याएको बताएको छ ।

    बयानका लागि पटक पटक बोलाउँदा पनि नआएपछि सिलवाललाई पक्राउ गरिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

    प्रहरी प्रवत्ता सर्वेन्द्र खनालले बयानका लागि नआएपछि पक्राउ गरिएको बताए ।

    अधिवक्ता टीकाराम भट्टराईले कानुनी परामर्शका लागि अधिवक्ता शम्भु थापाको घरमा बसेका बेला प्रहरीले सिलवाललाई पक्राउ गरेको बताए ।

    कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेकोबारे सिलवालमाथि अहिले छानविन भैरहेको छ ।

    तर, छानविन समितिले बयानमा बोलाउँदा सिलवाल गएका थिएनन् ।

    सिलवाललाई विहान पौने १० बजे अधिवक्ता शम्भु थापाको घरबाट पक्राउ गरिएको बताइएको छ ।

    थापा सिलवालका तर्फबाट कानुन व्यावसायी थिए ।

    यस अघि आईजीपीले बोलाएको बैठक सिलवालले बहिस्कार गरेका थिए ।

    त्यसपछि पछि प्रहरी हेडक्वाटरले सिलवाललाई स्पष्टीकरण पनि सोधेको थियो ।

    सरकारले फागुनमै जयबहादुर चन्दलाई आईजीपी बनाएपछि त्यसविरुद्ध सिलवाल अदालत गएका थिए ।

    अदालतले चन्दको बढुवा रद्द गरेपछि सरकारले प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाएको थियो । त्यसपछि सिलवाल पुनस् अदालत गएका थिए ।

    तर, अर्याललाई कामबाट रोक्न अन्तरिम आदेश जारी भएको थिएन । बरु, कार्यसम्पादन मूल्यांकनको सक्कल कपी मागिएको छ । यसबारे पूर्ण इजलासमा १९ गते सुनुवाई हुँदैछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij