मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

प्रसव पीडाबाट बच्नका लागि यस्तो डरलाग्दो उपाय अपनाइरहेछन् कम उमेरका गर्भवती महिला

  • प्रकाशित मिति : सोमवार, बैशाख ११, २०७४



  • एजेन्सी

     अष्ट्रेलियामा कम उमेरका गर्भवती महिला प्रसव पीडाबाट बच्नका लागि धुम्रपानको सहारा लिइरहेको बताइएको छ । गर्भवती हुँदा धुम्रपान गर्दा बच्चाको तौल कम हुने मान्यता उनीहरुको छ । यस्तोमा बच्चा कम तौल र हल्का भएका कारण कम प्रसव पीडाका साथ बच्चालाई जन्माउन सकिने भएकाले उनीहरुले धुम्रपान गरिरहेको बुझिएको छ । अष्ट्रेलियाको एक अध्ययनमा यो कुरा सार्वजनिक भएको हो ।

    १० वषदेखि अनुसन्धान गरिरहेको खुलासा

    अनुसन्धानका अनुसार महिलालाई यो राम्रोसँग थाहा छ कि चुरोट पिउँदा पेटमा हुर्किरहेको बच्चालाई दमको रोग लाग्ने गर्दछ । यस्तो जानकारी हुँदासमेत उनीहरु लगातार चुरोट पिउने गर्दछन् ।

    – ती किशोरीहरु बच्चालाई दमको खतरा मंजुर भएको तर स्वस्थ बच्चालाई जन्म दिनका लागि अत्यधिक पीडा सहन नसकिने बताउँछन् ।

    – स्मरण रहोस्, अष्ट्रेलियामा धुम्रपानसँग जोडिएको यो खुलासा १० वर्ष मानव विज्ञानमाथि गरिएको अनुसन्धानपछि जारी भएको रिपोर्टमा गरिएको छ । यो रिपोर्टलाई सन् २०१६ मा अष्ट्रेलियन नेशनल युनिभर्सिटी (एएनयु) ले जारी गरेको थियो ।

    चुरोटको बट्टामा भेटियो तरिकाः

    किशोरीहरुलाई बच्चाको तौल कम गर्ने यो विचार चुरोटको प्याकेटमा लेखिएको चेतावनीमार्फत भेटिएको भेटेको उक्त अनुसन्धानमा उल्लेख छ । स्मरण रहोस्, अष्ट्रेलियामा चुरोटको प्याकेटमा यो चेतावनी लेखिएको हुन्छ – ‘गर्भवतीको क्रममा धुम्रपान गर्दा बच्चाको तौल कम गर्नसक्छ ।’

    यतिमात्र होइन, यो चेतावनी पढेर सचेत हुनुको साटो युवतीहरुले यसबाट गलत कुरा सिकिरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij