मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

शुल्क फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनद्वारा जिशिका घेराउ

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १२, २०७४



  • काठमाडौँ  । संयुक्त विद्यार्थी सङ्गठनले सरकारले निजी विद्यालयको वृद्धि शुल्क फिर्ता लिने निर्णय कार्यान्वयन नगरेको जनाउँदै आज देशभरका जिल्ला शिक्षा कार्यालय (जिशिका) घेराउ गरेका छन् ।

    उनीहरुले शिक्षामन्त्री धनीराम पौडेलले विद्यालयको वृद्धि शुल्क फिर्ता गराउने भने तापनि अहिलेसम्म नगराएको भन्दै देशभरका जिशिका घेराउ गरिएको नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले जानकारी गराए । “हाम्रो ज्ञापनपत्र बुझ्दै तीन दिनभित्र शुल्क गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो”, उनले भने, “तर त्यो कार्यान्वयन नभएपछि हामी बाध्य भएर जिशिका घेर्न आएका हौँ ।”

    विद्यार्थी सङ्गठनले नाराजुलुस गर्दै बिहान १० देखि मध्याह्न १२ बजेसम्म काठमाडौँ जिशिका घेराउ गरे । वृद्धि शुल्क फिर्ता गर, वैज्ञानिक शुल्क निर्धारण गर, निजी विद्यालयको अनुगमन गर जस्ता नारा लगाउँदै जिशिका काठमाडौँ घेराउ गरिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij