प्रकाशित मिति : आइतवार, बैशाख १७, २०७४
काठमाडौं । ईन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी)ले सन् २०१७को पहिलो त्रैमासका लागि स्मार्टफोन अनुगमन नतिजा प्रकाशित गरेको छ । आईडीसीद्वारा प्रस्तुत डाटाका अनुसार वैश्विक बजारमा २५ दशमलव ६ मिलियन विक्रि परिमाण (सेल्स भोल्यूम) र २९ दशमलव ८ प्रतिशत इयर अन इयर ग्रोथका साथ ओप्पो सन् २०१७ को पहिलो त्रैमासमा चौथौँ स्थानमा रहेको छ ।
आईडीसीद्वारा प्रस्तुत प्रतिवेदनमा चिनिया बजारमा बलियो उपस्थितीका लागि ओप्पोको मध्यम बर्गियर क्यामेरा केन्द्रित आरनाइन एसले विशेष भुमिका खेलेको उल्लेख छ । त्यसैगरी बाहिरी बजारमा समेत ओप्पोको बृद्धिदर निकै राम्रो रहेको प्रतिवेशनले जनाएको छ । एसियाका अन्य भाग तथा मध्य पूर्व र अफ्रिकी क्षेत्रमा समेत ओप्पोको बलियो विक्रि सञ्जाल मार्फत आफ्नो उपस्थिती जनाउन सफल हुँदै गएको छ ।
भारतिय बजारको ‘एबोभ द लाइन’ तथा ‘बिलो द लाइन’ क्रियाकलापमा समेत ओप्पो निकै आक्रामक तरिकाले लागि परेको छ । त्यसैगरी ईन्डोनेशिया लगायत दक्षिणपूर्वी एसियाली देशहरुमा समेत आफ्नो सेवा केन्द्र स्थापना गर्दै विक्रि पछिको सेवामा उत्कृष्टता प्रदान गर्न थालेको प्रतिवेदन मार्फत जानकारी दिइएको छ ।
ओप्पो विश्वभरका यूवा पुस्ता माझ सर्वाधिक लोकप्रिय क्यामेरा फोन ब्राण्ड हो ।
विगत १० बर्षदेखि मोबाइल फोटोग्राफीमा नवप्रबर्तनात्मकता पस्कँदै उत्कृष्ट क्यामेरा फोन उत्पादनमा ओप्पो केन्द्रित छ । सेल्फी ब्यूटिफिकेशन युगको सुरुवात गर्ने ओप्पो ५ मेगापिक्सलको रियर र १६ मेगापिक्सेलको फ्रण्ट क्यामेरा उपलब्ध गराउने पहिलो स्मार्टफोन ब्राण्ड पनि हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij