प्रकाशित मिति : बुधबार, बैशाख २०, २०७४
काठमाडौँ । आइफोन र आइप्याडको निर्माता कम्पनी एप्पलको १ अप्रिलमा सकिएको दोस्रो क्वाटरमा ११ अर्ब डलर नाफा कमाएको छ ।
तर, चर्चित आइफोनको बिक्री भने पहिलो क्वाटरको तुलनामा दोस्रो क्वाटरमा ३५ प्रतिशतले घटेको छ ।
एप्पले जारी गरेको विज्ञप्तिमा मार्च क्वाटरमा कम्पनीको नाफा ४.९ प्रतिशतले बढेर ११ अर्ब डलर पुगेको हो । कम्पनीको आय ४.६ प्रतिशत बढेर ५२.९ अर्ब डलर पुगेको छ ।

कम्पनीले विज्ञप्ति जारी गरेपछि उसको शेयरको मूल्य २ प्रतिशतले खस्केको छ । यसको मूल्य १४४.७६ डलर पुगेको छ ।
एपल्लका प्रमुख कार्यकारी अधिकृत टिम कुकका अनुसार मार्च क्वाटरमा आय डिसेम्बरमा भन्दा बढेको छ । ‘यसले हामीलाई गर्व छ । आइफोन सेभेनको पनि बजारमा माग बढिरहेको छ,’ उनले भने ।
तर, कम्पनीका अनुसार आइफोनको बिक्री दोस्रो क्वाटरमा ३५ प्रतिशत खस्केर ५.०८ करोड वटा बिक्री भएको छ । पहिलो क्वाटरमा ७.८२ करोड वटा आइफोन बिक्री भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij