मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

संसारकै सबैभन्दा तनावपूर्ण १० जागिरहरु

  • प्रकाशित मिति : सोमवार, बैशाख २५, २०७४



  • काठमाडौं । सन् २०१७ को लागि सबैभन्दा तनावपूर्ण जागिर कुन होला ? काम गर्ने कर्मचारीलाई सबैभन्दा बढी तनाव दिने जागिरको सूची अन्तर्राष्ट्रिय फोर्ब्स म्यागजीनले सार्वजनिक गरेको छ ।

    फोर्ब्सका अनुसार क्यारियरकास्टडटकमको सहयोगमा मूख्य ११ ओटा फ्याक्टरलाई आधार बनाएर सबैभन्दा बढी तनावपूर्ण जागिरको सूची सार्वजनिक गरेको हो ।

    क्यारियरकास्टले तनाव, भय, बेचैनी, थकान, शारीरिक मागहरु, मृत्यु, असुरक्षा, समय सीमा, यात्राको कठिनाइ र चरम प्रतिस्पर्धासहित ११ ओटा फ्याक्टरहरुको आधारमा बर्गीकरण गरी अध्ययन गरिएको उल्लेख गरेको छ ।

    क्यारियरकास्टले यी बाहेक अन्य फ्याक्टरहरुमा पनि यी जागिरहरु अति संवेदनशील र खतरापूर्ण रहेको उल्लेख गरेको छ ।

    सबैभन्दा बढी तनाव हुने जागिर सेनाको हो । यो पहिलो नम्बरमा परेको छ । यस्तै दोश्रो नम्बरमा अग्नि नियन्त्रक, तेश्रोमा हवाइ पाइलटको जागिर तनावपूर्ण देखिएको छ । यसअघि सबैभन्दा बढी तनाबपूर्ण काम हवाइ पाइलट भएपनि यस वर्ष सेनाको जागिर सबैभन्दा तनावपूर्ण र कठिन भएको हो ।

    त्यस्तै, चौथो नम्बरमा प्रहरी अधिकृत, पाँचौमा इभेन्ट कोर्डिनेटर र छैठौँमा समाचारपत्र संवाददाताको जागिर गर्नेहरु बढी तनावमा हुने उल्लेख छ । यी जागिरमा सार्वजनिक रुपमा अरुसँग बढी जिम्मेवार हुनुपर्ने र कामको समयसीमाका कारण धेरैजसो तनावमा बस्नुपर्ने अध्ययनले देखाएको हो ।

    यस्तै वरिष्ठ कार्यकारी अधिकृत सातौँ नम्बरमा छ भने आठौँ नम्बरमा जनसम्पर्क अधिकृत, नवौँमा ट्याक्सी चालक र दशौँ नम्बरमा ब्रोडकास्टरहरु रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij