प्रकाशित मिति : बिहिबार, बैशाख २८, २०७४
काठमाडौं । राष्ट्रिय ध्वजाबहाक नेपाल बायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि एक थान ठूलो जहाज भाडामा लिन ग्लोबल टेन्डर आव्हान गरेको छ। आजको नागरिकमा खबर छ ।
निगमले दुई महिनाका लागि एक थान जहाज भाडामा लिन टेन्डर आव्हान गरेको हो । यसअघि आव्हान गरेको टेन्डरमा कुनै पनि कम्पनीले सहभागिता नजनाएपछि निगमले दोस्रो पटक टेन्डर आव्हान गरेको हो।
‘अन्तर्राष्ट्रिय उडान गरिरहेको एकमात्र बोइङ ७५७ जहजा नियमित मर्मत (सि-चेक) मा जाने भएपछि उडान तालिका प्रभावित हुन नदिन जहाज भाडामा लिन लागेका हौ,’ निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले भने, ‘भाडामा लिइने जहाजलाई आगामी साउन १ गतेबाट उडानमा प्रयोग गर्छौ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij