मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जुम्लाको जिल्ला प्रहरी कार्यालयमै खानेपानीको हाहाकार

  • प्रकाशित मिति : बुधबार, जेष्ठ १०, २०७४



  • ग्रामीण दुर्गम बस्तीका त कुरै छोडौँ, जिल्ला प्रहरी कार्यालय जुम्लामा लामो समयदेखि पानीको हाहाकार छ ।

    द्वन्द्वकालमा भत्केको जिल्ला प्रहरी कार्यालय जुम्ला पुनःनिर्माण हुँदाको बेलादेखि खानेपानीको व्यवस्थापन नगरिँदा यो समस्या बढ्दै भएको हो । हाल २०० को सङ्ख्यामा प्रहरी जनशक्ति बहाल रहेको र बेलाबेलामा बढ्दै जाने गरेको तर खानेपानी जुगाड गर्ने पहलले सार्थकता नपाएकाले सिङ्गो प्रहरी सङ्गठन समस्यामा परेको प्रहरी निरीक्षक मुकुन्द रिजालले दुखेसो गरे।

    “यो समस्या समाधानका लागि हामीले जिल्ला खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालयमा पनि अनुरोध ग¥यौँ, तर पनि प्रहरीमा खानेपानीको व्यवस्था हुन सकेको छैन,” उनले भने।

    प्रहरी निरीक्षक कलेन्द्र शाहीले धारामा पानी अनियमित हुँदा दुई किलोमिटर टाढा कर्णाली प्राविधिक शिक्षालय जुम्लानजिक गाडी लिएर दैनिक पानी ल्याउने गरेको बताए। “पानीका लागि खानेपानी कार्यालयबाट एक क्वाइल पाइप उपलब्ध भयो तर पाइप जोडेर प्रहरी कार्यालयभित्र ल्याउन सकिने अवस्था हुन सकेन”, उनले भने।

    उनका अनुसार अहिले जुनियर अफिसियलसहित सबै प्रहरी जवान लुगा धुन र सरसफाइका लािग तिलानदीमा जान बाध्य छन् । प्यास लागेपनि सोचेको बेला पानी पिउन नपाउँदा सकस परेको विभिन्न मुद्दाको आरोपमा बन्दी जीवन जिउँदै गरेका आरोपितहरु बताउँछन् ।

    खानेपानी सफा हुनुको सट्टा पिउन पनि पाउन नसक्ने अवस्थाले उनीहरुलाई निकै जटिल बनाएको जनाइएको छ । जिप्रकामा ड्युटी गर्ने जवानले पनि प्यास लागेको बेला पानी पाउन गाह्रो भएको समस्या व्यक्त गरे। यो समस्याको तत्काल समाधानका लागि यथाशीघ्र सोच्न जिल्ला प्रहरी कार्यालयले सरोकारवालालाई अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij