प्रकाशित मिति : बिहिबार, जेष्ठ १८, २०७४
भोजपुरमा निगुरोको तरकारी खाँदा एकै परिवारका ५ जना सिकिस्त विरामी परेका छन् । निगुरोको तरकारी खाएर भोजपुर नगरपालिका ५ वोखीमका एकै परिवारका ५ जना विरामी भएपछि जिल्ला अस्पताल भोजपुरमा भर्ना गरिएको छ ।
विरामी हुनेमा नगरपालिका वडा नं ५ का वर्ष ४४ का मणिराज श्रेष्ठ सहित उनका परिवारका ४ जना छन् । विरामी पर्नेमा मणिराजका श्रीमती बर्ष ३८ की कृष्णकुमारी श्रेष्ठ, छोरीहरु बर्ष २१ की तुलसा श्रेष्ठ, बर्षा १८ की मनिषा श्रेष्ठ र बर्ष १२ का छोरा विशाल श्रेष्ठ रहेको जिल्ला अस्पताल भोजपुरले जनाएको छ ।
उनिहरुले मंगलबार बेलुका वारीको कान्लामा रहेको निगुरो टिपेर तरकारी खाएको मनिराजका भाई खड्का श्रेष्ठले जनाएका छन् । बेलुका बाटै विरामी भएपनि स्वास्थ्यचौकीमा उचार गराई बुधबार विहान मात्रै जिल्ला अस्पतालमा ल्याइएको उनले बताए । हाल विरामीको अवस्ता खतरा मुक्त रहेको जिल्ला अस्पताल भोजपुरका डां रत्नविर सुनारले बताएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij