मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

फुड पोइजिङले आमा–छोराको मृत्यु

  • प्रकाशित मिति : शनिबार, जेष्ठ २०, २०७४



  • म्याग्दीको मँगला–५ छिस्वाङमा आमा छोराको फुड पोइजिङका कारण ज्यान गएको छ । स्थानीयको सहयोगमा प्राथामिक स्वास्थ्य केन्द्र दरबाङ पु¥याएपनि त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल म्याग्दीमा ल्याएका थिए ।

    शुक्रबार बिहान ढिडोसँग आलु र भेन्टाको तरकारी खाएका थिए । खाना खाँदै गरेका चारजना बेहोस भएपछि चारैजनालाई अस्पताल ल्याईएको थियो ।

    बेनी अस्पतालमा उपचारका क्रममा रघुगंगा–८ पात्लेखर्कका २० बर्षीय चिना गुरुङको जिल्ला अस्पताल बेनीमा उपचार क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक दिवाकर घिमिरेले जानकारी दिए । चिनाकी १४ महिनाको छोरा प्रज्ञाको उपचारकोे क्रममा निधन भएको छ ।

    श्रीमान प्रेम गुरुङ (पबहादुर), आमा झपीकलाको पोखरा मणिपाल अस्पतालमा उपचार भईरहेको छ । गुरुङको १४ महिनाको छोरा प्रज्ञाको शुक्रबार राति उपचारको क्रममा पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ज्यान गएको पनि घिमिरेले जानकारी दिए ।

    दुईबर्ष अघि विवाह गरेका उनीहरु केहिदिन अघि ससुराली आएका थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीले उनीहरुले प्रयोग गरेको पिठो र तरकारी केन्द्रीय प्रयोगशालामा पठाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij