मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नोबेल शान्ति पुरस्कार विजेता लीउ आन्द्राको क्यान्सर भएपछि जेलबाट रिहा

  • प्रकाशित मिति : सोमवार, असार १२, २०७४



  • काठमाडौं । चीनमा नोबेल शान्ति पुरस्कार विजेता लीउ स्याओपोलाई आन्द्राको क्यान्सर भएपछि जेलबाट रिहा गरिएको छ ।

    बृहत् प्रजातन्त्रतको माग राखेको अभियोगमा मानवअधिकार अभियानकर्ता लीउलाई सन् २००९ मा पक्राउ गरिएको थियो ।

    एक महिनाअघि क्यान्सर लागेको पत्ता लागेका लीउको उत्तरी लिआवनिङ प्रान्तको अस्पतालमा उपचार भइरहेको उनका वकिलले बताएका छन् ।

    सन् १९८९ मा बेइजिङको तियानमेन स्वायरमा भएको प्रदर्शनमा ६१ वर्षीय लीउ मुख्य नेता थिए ।

    लीउले सन् २०१० मा नोबेल पुरस्कार जितेपछि उनकी श्रीमतीलाई पनि बिनाअभियोग घरमै नजरबन्दमा राखिएको छ ।

    तर, चिनियाँ सरकारले भने उनलाई नजरबन्दमा राख्नुको कारण भने अहिलेसम्म बताएको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij