मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

झाडापखालाको समस्या देखिएपछि धामी, झाँक्रीलाई स्वास्थ्यमूलक तालिम

  • प्रकाशित मिति : बिहिबार, असार २२, २०७४



  • गोरखा । झाडापखला फैलिएको गोरखाको बारपाकका धामीझाँक्रीलाई स्वास्थ्यसम्बन्धी जनचेतनामूलक तालिम दिइएको छ ।

    स्वास्थ्य संस्थामा भन्दा धामी झाँक्रीकोमा बिरामी गई उपचार गर्दा बिरामीको ज्यान नै गएपछि धामीझाँक्रीलाई स्वास्थ्यमूलक चेतना जगाउन बुधबार (हिजो) तालिम दिइएको हो ।

    केयर नेपाल र स्वाँरा सघन गाउँ विकास केन्द्रको सहयोगमा जनचेतनामूलक कार्यक्रम गरेको बारपाक स्वास्थ्यचौकी प्रमुख अनिलकुमार शाहले जानकारी दिए । बारपाकमा ३० जना धामीझाँक्री बसोबास गर्छन् । तालिममा धामी झाँक्रीकोमा ल्याउने बिरामीलाई तुरुन्तै स्वास्थ्य संस्थामा पठाउन आग्रह गरिएको हो ।

    दुई साता अघिदेखि बारपाकमा झाडापखालाको समस्या देखिएको थियो ।१५ महिने अमृत घलेको पखालाकै कारणले मृत्यु भएपछि घटना बाहिर आएको थियो ।

    पखाला नियन्त्रणमा आइसकेको स्वास्थ्य चौकी प्रमुख शाहले बताए । दूषित पानीको प्रयोगले बर्षेनिजसो पखालाका बिरामी देखिन्छन् ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij