मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सिकलसेल एनिमियाका बिरामीको पहिचान गर्न स्वास्थ्य शिविर

  • प्रकाशित मिति : बुधबार, असार २८, २०७४



  • पश्चिम नेपालका आदिवासी थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमियाका बिरामीहरुको पहिचान र उपचारलाई प्रभावकारी बनाउन बाँकेकोे बैजापुर र टिटिहिरियामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

    सिकलसेल एनिमियाका बिरामीहरुमा हात खुटटा र शरीरका जोर्नी दुख्ने , रगतको कमी हुने जस्ता लक्ष्यण देखिन्छ। यो बंशाणुगत रोग हो।

    सिकलसेल एनिमिया रोग लागे पनि जनचेतनाको कमी तथा आर्थिक अभावका कारणले उपचार सेवा पाउन नसकेका बिरामीहरुको पहिचान गरी उनीहरुलाई निःशुल्क उपचार सेवा पुराउने उद्देश्यले शिबिर आयोजना गरिएको हो।

    शिविरमा सिकलसेलका बारेमा जानकारी दिनुका साथै ४ सय ५० जनाको स्वास्थ्य परीक्षण गरि रगतको नमुना संकलन गरिएको छ।

    सिकलसेल एनिमिया रोग भए नभएको एकिन गर्नका लागि रगतको परीक्षण गर्नुपर्ने भएकाले रगतको नमुना संकलन गरिएको हो। रगतको परीक्षण पछि सिकलसेल भए नभएको एकिन गर्न सकिने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षक राम बहादुर चन्दले बताए।

    जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले बैजापुर र टिटहरियामा आयोजना गरेको शिविरमा ५ वर्षका बालबालिकादेखि ७० वर्षका जेष्ठ नागरिकले सिकलसेल एनिमियाको परीक्षण गराएका थिए।

    एक अध्ययन अनुसार थारु समुदायको कुल जनसंख्याको करिब १० प्रतिशतमा सिकलसेल एनिमिया सम्बन्धी समस्या देखिएको छ।

    सरकारले सिकलसेलका एक जना बिरामीको उपचारका लागि १ लाख रुपैया उपलब्ध गराउँदै आएको छ।

    नेपालगन्जको भेरी अंचल अस्पतालमा सिकलसेल भएका बिरामीहरुले निःशुल्क स्बास्थ्य चेक जाँच, परीक्षण तथा औषधी पाउदै आएका छन्।

    हाल सम्म ३ सय ५० जना भन्दा बिरामीहरुले भेरी अंचल अस्पतालबाट निःशुल्क उपचार सेवा पाई रहेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij