बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

गाडीभित्रै बेहोस भएका यात्रीको मृत्यु

  • प्रकाशित मिति : बुधबार, असार २८, २०७४



  • दक्षिण चितवनको माडीस्थित बगईबाट नारायणगढतर्फ आउँदै गरेको बसमा यात्राका क्रममा बेहोस भएका एक व्यक्तिको मृत्यु भएको छ ।

     

    इलाका प्रहरी कार्यालय माडीका अनुसार गाडीमा यात्रा गर्दै गर्दा बेहोस भएका माडी नगरपालिका–९ का स्थानीयवासी दुर्गादत्त भट्टको उपचारका क्रममा बघौडा अस्पतालमा सोमबार मृत्यु भएको हो ।

    भट्ट असार २६ गते दिउँसो गाडीमा यात्राका क्रममा गाडीभित्रै बेहोस भएका थिए । माडी नगरपालिका–९ गणेशकुञ्जका भट्ट माडी नगरपालिकामा कामको सिलसिलामा आउँदै गर्दा गाडीभित्रै बेहोस भएका थिए ।

    नेकपा एमाले माडी नगर कमिटीका अध्यक्ष नारदमणि पौडेलका अनुसार माडीको बसन्तपुरमा आइपुग्दा सबै यात्रु झरेपनि उनी नझरेपछि हेर्दा बेहोस देखेर तत्कालै स्थानीय बघौडा अस्पताल पुर्‍याइएको थियो ।

    पौडेलका अनुसार उनी एमाले माडी नगर कमिटीका सदस्य थिए । सोही दिन घरमा रोपाइँको समेत तयारी गरिएको उनले बताए ।

    तत्कालै उनको उपचारका लागि बघौडा अस्पतालमा पुर्‍याइएकामा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । विदेशमा रहेका छोराहरु आएपछि मात्रै अन्त्येष्टि गरिने भएकाले अहिले उनको शवलाई भरतपुर अस्पतालमा राखिएको पौडेलले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij