मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गोरखामा दुईहजार विद्यार्थीको मुटु परीक्षण

  • प्रकाशित मिति : शुक्रबार, भदौ ३१, २०७३



  • गोरखा   ।  गोरखाका विभिन्न सरकारी विद्यालयमा पढ्दै आएका विद्यार्थीको बिहीबार निःशुल्क मुटु परीक्षण गरिएको छ । नेपाल हर्ट फाउन्डेसन गोरखाले दशकिलोस्थित महेन्द्र मावि र आहालेस्थित सरस्वती माविका दुई हजारजना विद्यार्थीको मुटुको परीक्षण गरेको हो ।

    मुटु परीक्षणका क्रममा दुईजना विद्यार्थीको मुटुमा समस्या देखिएको छ । उनीहरुको उपचारका लागि तीन लाख रुपैयाँ लाग्ने र फाउन्डेसनले निःशुल्क उपचार गरिदिने तयारी गरेको जिल्ला अध्यक्ष दिलबहादुर बस्नेतले जानकारी दिनुभयो । फाउन्डेसनले आज सदरमुकामको बालमन्दिर मावि, महेन्द्रज्योति माविका बिद्यार्थीको निःशुल्क मुटुको परीक्षण गर्ने फाउन्डेसनका सचिव पवनरमण खनालले बताए ।

    यस्तै, स्वास्थ्य संस्थाका प्रमुखलाई टन्सिल र मुटुसम्बन्धी विभिन्न जानकारी दिन आज जनस्वास्थ्य कार्यालयको समन्वयमा तालिम आयोजना गरिएको खनालको भनाइ छ । वीर अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर प्रकाशराज रेग्मी नेतृत्वको तीन सदस्यीय टोलीले विद्यार्थीको मुटु परीक्षण गरेको थियो

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij