प्रकाशित मिति : शनिबार, साउन ७, २०७४
झापा । पहिला पनि चुँडिएको हात सफलतापूर्वक जोडेको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलले छिनेको खुट्टासमेत जोडेको छ ।
कन्काई नगरपालिका ५३ बर्षीय गोपाल विस्टको छिनेको खुट्टा जोडिएको खबर आजको नयाँ पत्रिकामा छ ।
उनी असार १२ गते मोटरसाइकल दुर्घटनामा परेका थिए । ‘उनको खुट्ट लगभग छुट्टिसकेको थियो,’ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले भने, ‘छालाले मात्र थोरै अडिएको थियो ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij