मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कपिल डिप्रेसनको शिकार भएको छ

  • प्रकाशित मिति : शनिबार, साउन ७, २०७४



  • कमेडियन कपिल शर्माका लागि यो वर्ष खराब मानिएको छ। सहकर्मी सुनील ग्रोवरसँगको झगडा र त्यसले निम्त्याएका समस्याको समाधान गरिनसक्दै उनको स्वास्थ्यले पनि दुःख दिन थालेको छ।

    ‘द कपिल शर्मा शो’ सुटिङ गर्दागर्दै कपिल पछिल्ला दुई महिनामा तीनपटक बेहोश भए। उनलाई अस्पताल नै भर्ना गर्न पर्यो।

    उनको स्वास्थ्यकाबारेमा अनेक टिप्पणी भए। उनी बिरामी भएर सुटिङ नभएपछि कतिले यसलाई कपिलको गैरजिम्मेवारी भने त कसैले तनावलाई कारण देखाए।

    आफू ठीक भएको भन्नु बाहेक आफ्नो समस्याबारे कपिलले कुनै आधिकारीक जानकारी पनि दिएनन्। तर, हालै उनकी दिदी पूजा देवगनले यसबारे बताएकी छन्।

    भारतीय समाचारमाध्यमले जनाएअनुसार पूजाले कपिललाई अहिले धेरै स्वास्थ्य समस्या आइरहेको बताएकी छन्।
    उनले भनेकी छन्, ‘आजभोलि भाइ कपिलको स्वास्थ्य राम्रो छैन। उनी बिरामी छन् र मानिसहरु भने उनलाई गैरजिम्मेवार भनिरहेका छन्। उनले आफ्नो काम पूरा सम्मानका साथ गर्छन्, तर सुटिङ किन रद्द भयोभन्ने बारे सफाइ भने दिदैंनन्।’

    पूजाले भनेअनुसार कपिल डिप्रेसनको शिकार भएका छन्। उनी चिन्तित छन् र भित्रभित्रै डिप्रेसनले उनलाई सताइरहेको छ। तर, यसबारे कपिलले कोहीसँग पनि कुरा नगरेको पनि उनले बताएकी छन्।

    पूजा गतसाता कपिल बिरामी हुँदा उनलाई हेर्न मुम्बइ आएकी थिइन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij