आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गोसाइँकुन्ड मेलाका लागि स्वास्थ्य शिविर

  • प्रकाशित मिति : मङ्लबार, साउन १०, २०७४



  • रसुवा । रक्षाबन्धन पर्व अर्थात् जनैपूर्णिमाका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुन्ड जाने भक्तजनका लागि हिमालय उद्धार संघले गोसाइँकुन्डमा र नेपाली सेना कालीजंग गणले चोलाङपाटीमा स्वास्थ्य शिविरको व्यवस्था मिलाएका छन् ।

    भक्तजनको आवश्यक सुरक्षाको व्यवस्था पनि मिलाइसकिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईंले जानकारी दिए । भक्तजनलाई आइपर्ने समस्यामा सहयोग गर्न स्थानीय प्रशासन तयार रहेको प्रजिअ चोमेन्द्र न्यौपानेले बताए ।

    गोसाइँकुन्ड क्षेत्र विकास समितिका अध्यक्ष सन्जिव डिएमका अनुसार भोजन, बास, स्वास्थ्योपचार, सुरक्षा र स्वंयसेवकसमेतको सम्पूर्ण तयारी पूरा भएको छ ।

    आगामी साउन १३ गते नागपञ्चमीका दिन रक्षाबन्धन पर्व परेको छ । भक्तजनको आगमन साउन २३ सम्म नै हुने अपेक्षा गरिएको छ । गोसाइँकुन्ड समुद्री सतहदेखि १४ हजार ३७० फिटको उचाइमा पर्छ ।

    गोसाइँकुन्डमा दशहरा र रक्षाबन्धनका बेला ठूलो मेला लाग्ने गर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij