प्रकाशित मिति : बुधबार, साउन १८, २०७४
बजाजले २०० सिसि सिरीजमा नयाँ मोटरसाइकल ल्याउने भएको छ।
आगामी दसैंतिहारलाई लक्षित गर्दै कम्पनीले ‘सिएस २००’ मोटरसाइकल ल्याउन लागेको भारतीय समाचारमाध्यमले जनाएका छन्।
कम्पनीले ‘सिएस ४००’ मोडल ल्याउने चर्चा भइरहेका बेला ‘सिएस २००’ पनि भारतीय बजारमा ल्याउने भएको बताइएको छ।
‘सिएस २००’ मा पल्सर ‘आरएस २००’ मा भएकै इन्जिन छ। सन् २०१४ को अटो एक्स्पोमा ‘कन्सेप्ट मोडल’ का यसलाई सार्वजनिक गरिएको थियो। अहिले यो परीक्षणका भइरहेको छ।
यसको मूल्य करिब १ लाख भारतीय रुपैयाँ हुने अनुमान छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij