शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नेपाली नागरिकलाई अब जेट किन्ने सुविधा

  • प्रकाशित मिति : आइतवार, साउन २२, २०७४



  • नेपाली नागरिकले पनि अब निजी जहाज राख्न पाउने सम्भावना देखिएको छ। नेपालको विद्यमान कानुनले निजी प्रयोजनाका लागि हवाइजहाज तथा हेलिकप्टर राख्न नपाइने प्रवाधान रहे पनि अब यसलाई संशोधन गर्दै खुकुलो व्यवस्था गर्न लागिएको हो। यसबाट नेपालका धनाड्य तथा शौखिन व्यक्तिहरूका लागि निजी जहाज खरिद गर्ने बाटो खुल्नेछ। यो खबर केदार दाहालले आजको कारोबार दैनिकमा लेखेका छन्।

    संस्कृति पर्यटन तथा नागरिक उड्ययान मन्त्रालयले ल्याउन लागेको हवाई उद्योग व्यवस्थापन नियमावलीमा निजी जेट राख्नपाउने व्यवस्था गरिएको छ। हाल मस्यौदाकै चरणमा रहेको नियमावलीले पुरो व्यवस्था हटाउँदै नयाँ प्रावधान लागू गर्न लागेको हो। मन्त्रालयले पहिलोपटक ल्याउन लागेको उक्त नियमावली केही साताभित्रै कानुन मन्त्रालय पठाउने तयारीसमेत गरेको छ।

    नेपालमा निजी विमान राख्न पाउने प्रावधान पहिलो पटक राखिएको मन्त्रालय स्रोतले बतायो। नेपालका केही ठूला व्यवसायी तथा एयरलाइन्स सञ्चालकहरूलेनै यस्तो व्यवस्था माग गर्दै आएका थिए। यस्तै नेपालमा कार्यरत विदेशी कम्पनीहरूले पनि यो सुविधा माग गर्दै आएका थिए।

    यसैबीच सरकारले निजी विमानस्थल निर्माणको समेत बाटो खोलेको छ।नागरिक उड्ययान ऐन २०७४ को मस्यौदामा निजी विमानस्थल राख्न पाउने व्यवस्था गर्न लागिएको हो। नेपालमा हालसम्म निजी विमानस्थल राख्न पाउने व्यवस्था छैन। निजी विमानस्थल राख्न खुला गरिए हाल सञ्चालनमा रहेका निजी विमान कम्पनीहरूले विमान खोल्न सक्नेछन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij