मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

‘अक्सिजन बन्द’ भएकै कारण गोरखपुरस्थित अस्पतालमा ६० भन्दा बढी बालबालिकाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, भदौ १, २०७४



  • भारतको गोरखपुरस्थित बाबा राघव दास (बिआरडी) अस्पतालमा भएको बालबालिकाको मृत्युबारे रिपोर्ट आएको छ। भारतीय समाचारमाध्यममा उल्लेख गरेअनुसार रिपोर्टमा बालबालिकाको मृत्यु अक्सिजन आपूर्ति नभएकै कारण भएको र घटनाको मुख्य दोषी बिआरडी मेडिकल कलेजका प्रधानाध्यापक आरके मिश्रालाई ठहर्याइएको छ।

    अस्पतालमा केही घण्टाभित्रै ६० भन्दा बढी बालबालिकाको मृत्यु भएको थियो। अक्सिजन आपूर्ति बन्द भएकाले उनीहरुको निधन भएको आरोप अस्पतालमाथि भएपनि कसैले यो स्वीकारेको थिएन। मुख्यमन्त्री आदित्यनाथ योगीले समेत बच्चाको मृत्यु स्थानीय क्षेत्रको फोहोर र फैलिएका रोगका कारण भएको बताएका थिए।

    अस्पतालले भने इन्सेफलाइटिसका रोगी ती बच्चाहरुको अक्सिजन आपूर्ति बन्द भएर होइन, रोगकै कारण मृत्यु भएको बताउँदै आएका थिए। बच्चाको उक्त वार्डमा दैनिक ८–१० जनाको मृत्यु हुने गरेको अस्पतालका एक डाक्टरले बताएका थिए।

    तर, एकैपटक केही घण्टाभित्रै ६० भन्दा बढी बालबालिकाको मृत्यु हुन अस्पतालको लापरवाही भनिदैं आएको थियो। अस्पतालका एक कर्मचारीले अक्सिजन आपूर्ति गर्ने कम्पनीलाई बक्यौता रहेकाले उसले आपूर्ति बन्द गर्ने चेतावनी दिएको थियो। यसबारे प्रशासनले अस्पतालका कसैलाई जानकारी दिएको थिएन।

    रिपोर्टमा अक्सिजन बन्द हुनुको मुख्य जिम्मेवार मिश्रा भएको उल्लेख छ। त्यस्तै एनेस्थेसियाका विभाग प्रमुखलाई पनि जिम्मेवार ठहर्याइएको छ।

    अस्पतालमा अक्सिजन आपूर्ति पुष्मा सेल्सले गर्दै आएको थियो। कम्पनीले भुक्तानीका लागि अन्य उपाय अपनाउनु पर्ने भन्दै मानिसको जीवन रक्षक ग्यास बन्द गर्नु गलत भएको बताइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij