प्रकाशित मिति : बुधबार, भदौ ७, २०७४
ऊर्जामन्त्री महेन्द्र बहादुर शाहीले लामो समयदेखि बाँकी रहेको विद्युत महशुलको बक्यौता रकम उठाउन विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्।
मन्त्रालयले मंगलबार नेपाल प्राधिकरणलाई एक पत्र पठाई यस्तो निर्देशन दिएको हो।
लामो समयदेखि विद्युत महशुलको बक्यौता उठाउँन बाँकी रहँदा प्राधिकरणलाई ठुलो आर्थिक भार परेको छ। विद्युत प्राधिकरणलाई आर्थिक भार कम गर्न र बक्यौता नतिर्ने प्रवृतिको अन्त्य गर्न ऊर्जामन्त्री शाहीले यस्तो कदम चालेका हुन्।
मन्त्रालयले पत्रमार्फत निश्चित समयसीमा तोकेर सूचना जारी गर्न र तोकिएको समय सीमा भित्र बक्यौता रकम नबुझाउने, रकम बुझाउन आनाकानी गर्नेलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij