मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पाँचथर र सिन्धुलीमा भाइरल ज्वरोका विरामी बढे, यस्ता छन् लक्षण

  • प्रकाशित मिति : शुक्रबार, भदौ ९, २०७४



  • पाँचथर, सिन्धुली  । मौसम परिवर्तनसँगै पछिल्लो समय पाँचथरमा भाइरलको बिरामी बढेका छन् ।

    एक हप्ता अघिदेखि दैनिक ५० भन्दा बढी ज्वरो, टाइफाइडलगायतका बिरामी उपचारका लागि आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

    जिल्ला अस्पताल पाँचथरमा पनि उपचारका लागि आउनेहरुको संख्या बढ्दै गएकोछ ।

    बिरामीको चाप बढ्दै गएपछि ठाउँको अभावमा भुइँमै राखेर उपचार गराउनुपर्ने अवस्था आएको जिल्ला अस्पतालका प्रमुख डाक्टर पवनकुमार शाहले जानकारी दिए ।

    मौसममा परिवर्तन, दूषित पानी पिउँदा तथा खानपानमा ध्यान नदिँदा ज्वरोको प्रकोप फैलिएको जिल्ला अस्पतालले जनाएको छ ।

    यता सिन्धुलीमा पनि भाइरल ज्वरोका बिरामी बढेका छन् । सिन्धुलीका स्वास्थ्य चौकी, विभिन्न अस्पताल र क्लिनिकहरुमा भाइरल ज्वरोका बिरामी बढेका हुन् ।

    सिन्धुली अस्पतालमा दैनिक ३० देखि ४० जना आउने गरेकोमा अहिले दैनिक ३ सयको हाराहारीमा भाइरल ज्वरोका विरामी आउने गरेका छन् ।

    भाइरल रोगबाट विशेष गरी पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् ।

    संक्रमितहरुमा खोकी लाग्ने, ज्वरो आउने, खान मन नलाग्ने, शरीर दुख्ने जस्ता लक्षण देखिएको अस्पतालले जनाएको छ ।

    सिन्धुलीमा केही सातायता फैलिएको भाइरल ज्वरोका कारण अधिकांश गाउँका बासिन्दा बिरामी परेका छन् भने, झालापखाला, आउँ, रुघाखोकी, टाइफाइड, निमोनियाका बिरामीको संख्यासमेत बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij