मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बाढी प्रभावित क्षेत्रमा सर्पदंश र विभिन्न रोगको प्रकोप

  • प्रकाशित मिति : शुक्रबार, भदौ १६, २०७४



  • राजविराज । दुई साताअगाडि आएको बाढी र पहिरोबाट प्रभावित गाउँघरमा आजभोलि विषालु सर्पको बिगबिगी बढेको छ ।

    पछिल्लो पटक बाढीबाट अतिप्रभावित जिल्लाको लौनिया, तिलाठी, सकरपुरा, रम्पुरा मल्हनिया, हनुमाननगर, इनर्वा, मैनाकडेरी, पोर्ताहा, तिरकोललगायत दर्जनौँ गाउँमा विषालु सर्पको निकै वृद्धि भएको पाइएको छ ।

    दुई दिनअगाडि जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाकी गर्भवती महिला लुदियादेवी सदालाई विषालु सर्पले टोकेको थियो । सर्पले टोक्दा उनी गम्भीर घाइते भएकी थिइन् । उनको राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा अहिले उपचार भइरहेको पीडितका परिवारजनले बताएका छन् ।

    यस्तै, बाढी प्रभावित क्षेत्रमा विभिन्न किसिमका रोगका प्रकोपसमेत देखापरेको छ । अहिले बाढी प्रभावित क्षेत्रमा खासगरी पखाला, निमोनिया, टाइफाइड, रुघाखोकीका साथै सर्पले टोक्ने बिरामीको अलावा बालबालिका तथा वृद्धवृद्धामा सो रोगको प्रकोप देखापरेको बताइएको छ ।

    यसअघि विषालु सर्पको टोकाइबाट सप्तरीको सकरपुरामा एक बाढीपीडित किशोरीको मृत्युसमेत भएको थियो ।

    जिल्लाको एक मात्र सरकारी अस्पतालका रुपमा रहेका गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा दैनिक २० देखि ३० जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

    एक्कासि सर्पको बिगबिगी बढेपछि सो क्षेत्रका सर्वसाधारण त्रसित भई सर्पको टोकाइबाट जोगिन रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको बाढीपीडितको गुनासो छ । साथै सर्पदंशको डरले बाहिरसमेत निस्कन समस्या हुने गरेको पीडितले बताएका छन् । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij