हलिउड अभिनेता ब्राड पिटले पुर्व श्रीमती अभिनेत्री जेनिफर एनिस्टनसँग माफि मागेका छन्। उनले विवाह तोडिएको १२ वर्षपछि एस्टिनसँग अनुपस्थित श्रीमान र एन्जोलिनाको लागि उनलाई छाडेकोमा माफि मागेका हुन्।
ब्राडको श्रीमती एन्जोलिनासँग पनि डिर्भोस भएको छ। उनीहरुले २ वर्ष अगाडी विवाह गरेका थिए। उनीहरुको ६ वटा बच्चा छन्। उनीहरु सन् २००४ देखि सम्बन्धमा थिए। 
अन्तर्राष्ट्रिय समाचार अनुसार उनी आफ्नो पुर्व श्रीमतीसँग आफुले गरेको सबै दुर्व्यवहारको लागि माफि माग्न चाहन्छन्। उनको माथि एस्टिनले पनि स्वीकार गरेकी छन्। जेनिफरले अहिले अभिनेता जेस्टिन थेराक्ससँग विवाह गरेकी छन्।
ब्राडले आफु कहिल्यै राम्रो श्रीमान बन्न नसकेको स्वीकार गर्दै जेनिफरसँग माफि मागेका हुन्। उनले आफु रक्सीमा डुवेको र एन्जोलिनाको लागि उनलाई छोडेकोमा पछुतो लागेको बताएका छन्।
