मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

चिकित्सा शिक्षा विधेयक पास गराउन डा. केसीको आह्वान

  • प्रकाशित मिति : बिहिबार, अशोज २६, २०७४



  • काठमाडौं, असोज २६ । विगत ८ दिनदेखि अनशनमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले सरकारले संसदमा पेस गरेको संशोधनसहितको चिकित्सा शिक्षा विधेयक पास गर्न आह्वान गरेका छन् ।

    बिहीबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जको अनशनस्थलमै पत्रकार सम्मेलन गरी उनले सभामुख ओसनरी घर्तीलाई आफ्नो विशेषाधिकार प्रयोग गरेर भएपनि शुक्रबार (भोलि) नै उक्त विधेयक पारित गराउन आग्रह गरे ।

    सरकारले माथेमा प्रतिवेदनअनुसारको विधेयक व्यवस्थापिका–संसदमा पेस गरेको छ । तर, उक्त विधेयक अघि बढ्न भने सकेको छैन ।

    डा. केसीले माफिया पक्षधर केही समूहहरुले विधेयकको विरोध गरेको भन्दै आफू भावी सन्ततिका लागि बारम्बार अनशनमा बसेको बताए ।

    वर्तमान संसद बैठकको अवधि सकिनु अघिल्लो दिन डा. केसीले चिकित्सा शिक्षा विधेयक जसरीपनि पारित गर्न सरोकारवालाहरुलाई आह्वान गरेका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij