आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल इरानसँग पराजित, आज श्रीलंकासंग खेल्ने

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ७, २०७४



  • भारतमा भइरहेको फिबा यू-१६ वुमन्स एसियन बास्केटबल च्याम्पियनसिप-२०१७ मा आज नेपालले श्रींलकाको सामना गर्ने भएको छ।

    लगातार दोस्रो हार बेहोरेको नेपाल फिबाको कुनै पनि एसियन बास्केटबल च्याम्पियनसिपमा पहिलो पटक प्रतिस्पर्धा गरिरहेको हो।

    यसअघि पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल दोस्रो खेलमा इरानसँग फराकिलो अन्तरले पराजित भयो। चारवटै क्वाटरमा नेपाल इरान भन्दा पछि परेको नेपाल ८९-३२ ले पराजित भयो। इरानका लागि रोजिन तालाकोउबले सर्वाधिक १७ अंक स्कोर गरिन् भने नेपालकी निलम शेर्पाले ९ स्कोर गरिन्।

    च्याम्पियनसिपको डिभिजन टू अन्तर्गत ग्रुप ए मा रहेको नेपालको दुई खेल हारेपछि जम्मा २ अंक छ। लगातार दुई खेल जितेको भारतको ४ अंक छ।

    आगामी शनिबार (अक्टोबर २८) सम्म भारतको बेंगलुरूमा हुने प्रतियोगितामा नेपाल र आयोजक भारतसहित कूल १५ राष्ट्रका यू-१६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij