मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सरकारलाई डा.केसीको सात दिने ‘अल्टिमेटम’

  • प्रकाशित मिति : सोमवार, कार्तिक २०, २०७४



  • वरिष्ठ चिकित्सक गोविन्द केसीले राष्ट्रपति विद्या भण्डारीले चिकित्सा शिक्षा अध्यादेश तत्काल प्रमाणीकरण नगरे पुनः आमरण अनसन बस्ने चेतावनी दिएका छन्।

    वरिष्ठ चिकित्सक केसीले राष्ट्रपति भण्डारीले चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण नगरेर देशको सर्वोच्च पदकै अवमूल्यन गरिरहेको आरोप  लगाए।

    सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले अबको एक हप्ताभित्र पनि सो ऐन प्रमाणीकरण नगरे पुनः आमरण अनसन बस्ने चेतावनी दिएका हुन्। वरिष्ठ चिकित्सक केसीले सरकारले पठाएको अध्यादेशलाई राष्ट्रपतिले रोक्न नमिल्ने संवैधानिक व्यवस्था रहेको पनि स्मरण गराए।

    उनले संविधानले नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने व्यवस्था गरेको उल्लेख गर्दै सो अनुसार आएको अध्यादेश रोक्ने अधिकार राष्ट्रपतिलाई नरहेको तर्क गरे।

    वरिष्ठ चिकित्सक केसीले राष्ट्रपति भण्डारीले कुनै राजनीतिक पार्टीको दबाबमा परेर अध्यादेश प्रमाणीकरण गर्न आनकानी गरिरहेको आशंका  गरे।

    सरकारले कात्तिक ६ गते चिकित्सा शिक्षा ऐन अध्यादेशमार्फत पारित गरेर राष्ट्रपति समक्ष पेश गरेको थियो । तर, त्यो अध्यादेश हालसम्म पनि प्रमाणीकरण नभएपछि वरिष्ठ चिकित्सक केसी आक्रोशित भएका हुन्।

    उनले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानको पछिल्लो प्रवेश परीक्षामा भएको चिट चोरीको विषयमा देखिएको विवाद तत्काल अन्त्य गर्न पनि सम्बन्धित निकायलाई दबाब दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij