प्रकाशित मिति : बिहिबार, कार्तिक २३, २०७४
मधु पौडेल , बाँके । नेपालगंज विहिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लाइन्स क्लव अफ नेपालगंज बाकेको आयोजनामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रम संयोजक गोपाल प्रसाद अधिकारीको अध्यक्षमा आयोजित कार्यक्रमका प्रमुख अतिथिमा लाएन्स गर्भनर मधुसुदन शर्मा रहनु भएको थियो ।
कार्यक्रमको विशिष्ट अतिथिमा नेपालगंज उपमहानगरपालिका उप प्रमुख उमा थापा मगर रहनु भएको संयोजक अधिकारीले जानकारी गराउनु भयो । दिउसो २ वजे सम्म रहेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको लायन्स जोन चिफ गिता प्रसाईले जनाकारी गराउनु भएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij