मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सिकलसेलका १६५ बिरामीलाई अस्पताल जान सिफारिस

  • प्रकाशित मिति : बुधबार, अशोज ५, २०७३



  • बर्दिया ।  सिकलसेल एनेमियाका गम्भीर प्रकृतिका १६५ बिरामीलाई सुविधासम्पन्न अस्पतालमा उपचारका लागि सिफारिस गरिएको छ ।

    बाँकेको भेरी अञ्चल अस्पताल र बर्दिया अस्पतालमा ११४ जना बिरामीलाई जान सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए ।

    सरकारले एक लाख रुपैयाँसम्म उपचार खर्च बेहोर्ने प्रजिअ थापाले बताए । पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका थारू समुदायका मानिसहरु सिकलसेल रोगबाट प्रभावित छन् ।

    परीक्षण नगराएका कारण धेरैलाई यो रोगबारे अझैसम्म जानकारी नभएको निमित्त जनस्वास्थ्य प्रमुख सुनिल पाण्डेले बताए । सिकलसेल एमोनियाका रोगीमा रगत कम हुने, कमलपित्त देखापर्ने, शरीर दुख्ने, जोर्नी दुख्ने, सुन्निने, दुब्लाउने, हल्का ज्वरो आउने लगायतका लक्षण देखिने गर्छ ।

    यो रोग जिल्लाका पाँच नगरपालिकासहित सबै गाविसमा पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य परीक्षण गराएका एक सयमध्ये पाँचदेखि १० जनामा रोग फेला परेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij