मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

ब्लडप्रेसर सन्तुलनमा राख्न अपनाउनुहोस् दैनिक सूत्र

  • प्रकाशित मिति : बुधबार, अशोज ५, २०७३



  • व्यस्त जीवनशैली र अव्यवस्थित खानपानले अहिले अधिकांश नेपाली युवा अवस्थामै हाई ब्लडप्रेसरको सिकार भएका छन् । हाई ब्लडप्रेसरले हर्टअट्याक, मिर्गौलारोग र दिमागमा स्ट्रोकको खतरा बढ्ने विभिन्न अध्ययनले देखाएको छ । जीवनशैली, खानपान र कतिपय सामान्य बानीमा सुधार गरे ब्लडप्रेसर नियन्त्रणमा राख्न सकिने बेलायतमा भएको एक अध्ययनले देखाएको छ :

    • हरेक दिन कम्तीमा दुई दाना फलफूल र एक कचौरा तरकारी खाने । यस्तो खानाले शरीरमा आवश्यक पोटासियमको मात्रा पूर्ति गर्छ र ब्लडप्रेसर कन्ट्रोल गर्न मद्दत गर्छ ।
    • सधैँ नुनको मात्रा कम गर्नुपर्छ । धेरै नुनले शरीरमा सोडियमको लेभल बढाउँछ । सोडियम लेभल हाई हुँदा ब्लडप्रेसर पनि बढ्छ ।
    • ब्लडप्रेसर नियन्त्रणमा राख्न हरेक दिन डेरीका उत्पादन खाने सवालमा विचार पु-याउनुपर्छ । डेरीका उत्पादन सकेसम्म कम र ‘लो फ्याट’ भएको मात्र खानुपर्छ । लो फ्याट डेरी प्रोडक्टले कोलेस्ट्रोल बढ्न दिँदैन र ब्लडप्रेसर नियन्त्रणमा रहन्छ ।
    • कम्मरको मोटाइ हाई ब्लडप्रेसरको एउटा मूल कारण बनिदिन सक्छ । पुरुषले ४० इन्च र महिलाले ३५ इन्चभित्रै कम्मरको मोटाइ नियन्त्रणमा राख्नुपर्छ । मोटाइ नियन्त्रणमा राख्न खानपान र कसरत महत्वपूर्ण हुन्छ ।
    • हरेक दिन कम्तीमा ३० मिनेट शारीरिक कसरत गर्दा ब्लडप्रेसर कन्ट्रोलमा रहन मद्दत मिल्छ । कसरतमा साइक्लिङ, स्विमिङ र डान्सिङ राम्रो हुन्छ ।
    • ‘प्रोसेस्ड फुड’ खाँदा पनि ब्लडप्रेसर हाई हुनसक्छ । यसमा नियन्त्रण गर्न जरुरी छ । प्रोसेस्ड फुडमा सोडियम धेरै हुने भएकाले ब्लडप्रेसर सन्तुलनमै समस्या पार्छ ।
    • स्ट्रेसले पनि ब्लडप्रेसर निम्त्याउँछ । त्यसैले स्ट्रेस कम गराउनुपर्छ । मेडिटेसन तथा साथीभाइसँग रमाइलो गरेर स्ट्रेस कम गर्न सकिन्छ ।
    • मद्यपान र धुम्रपान गर्नेहरूमा हाई ब्लडप्रेसरको खतरा उच्च हुन्छ । चुरोट पिएपछि ब्लडप्रेसर बढ्छ । रक्सी धेरै पिउँदा पनि ब्लडप्रेसर र स्ट्रेस बढाउँछ । त्यसैले सधैँ यस्ता कुलतबाट टाढा रहनुहोस् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij