मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कैलालीमा ४ महिनामा ३१ जना एचआइभी संक्रमित

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १५, २०७४



  • कैलाली, मंसिर १५। एचआइभी संक्रमितको सेवाका लागि कैलालीमा सन्चालनमा रहेको एआरटी सेन्टरमा पछिल्लो चार महिनामा ३१ जना एचआइभी संक्रमित फेला परेका छन् ।

    सेती अन्चल अस्पतालको एआरटी सेन्टर धनगढीमा कार्यरत एड्स हेल्थ केयर फाउन्डेशन नेपालका माधव पन्तका अनुसार पछिल्लो चार महिनामा सेती अन्चल अस्पताल र टीकापुरमा सन्चालनमा रहेको एआरटी सेन्टरमा ५५१ जनाको रगत परीक्षण गरिएको थियो ।

    गत वर्ष यी दुवै सेन्टरमा १८५७ जनाको रगत परीक्षण गरिएकामा ११७ जना संक्रमित भएको फेला परेको थियो । कैलालीमा पछिल्ला केही वर्षदेखि एचआइभी संक्रमितको संख्या घट्दै गएको छ ।

    जिल्लामा पछिल्लो एकदशक यता (सन् २००६ देखि हाल सम्म) एचआइभी संक्रमितको संख्या तीन हजार ४०३ पुगेकोमा दुई हजार ३७१ जनाले मात्र एआरटी सेवा लिने गरेको तथ्यांक छ ।

    हाल एआरटी क्लिनिकमार्फत एक हजार १८९ संक्रमितले सेवा लिइरहेका छन् । एआरटी सेन्टरमार्फत् संक्रमितले एड्सविरुद्धको एआरटी औषधि सेवन गरिरहेका छन् ।

    यसैबीच, यस वर्षको विश्व एड्स दिवस कैलालीमा विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाउन थालिएको छ ।

    अन्र्तक्रिया, हाजिरीजवाफ प्रतियोगिता, बिरामीलाई फलफूल वितरण, एचआइभी परीक्षण, सूचना संदेश प्रसारणलगायतका चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाउन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निरीक्षक महेश चन्दले जानकारी दिए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij