मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सुन्दर देखिने युवतीहरुको नयाँ तरिका

  • प्रकाशित मिति : बुधबार, अशोज ५, २०७३



  • कतिपय युवती यस्ता हुन्छन्, आँखामा गाजल र ओठमा कलर लिपबाम लगाएरै सुन्दरताको आनन्द लिन्छन् । कोही युवती अनुहारको छाला र शारीरिक फिटनेसका लागि खानपान र व्यायाममा दैनिक विभिन्न उपाय अपनाउने पनि गर्छन् । तर, कतिपय युवती भने सुन्दर देखिन अनेक ब्युटी आइटम पछ्याउँछन् । नेपालका युवतीहरू पनि सौन्दर्यको नयाँ ट्रेन्डमा छन् । ब्युटिसियन भावना राणाका अनुसार यस्ता छन् नयाँ ट्रेन्ड :

    नेल
    नेल (नङ) एक्स्टेन्सन पनि अहिलेको सौन्दर्य ट्रेन्डमै पर्छ । नङ बिग्रिएका, नङ नभएका तथा लामो बनाउने प्रकृतिको नङ नै नभएकालाई नेल एक्स्टेन्सन ट्रेन्ड फाइदाजनक देखिन्छ । तर, स्टाइलिस युवतीहरूले सधैँका लागि राम्रो नङ देखाउन एक्स्टेन्सन गर्ने गर्छन् । नेल एक्स्टेन्सन नेचुरल तरिकाले नै गरिन्छ । यो तीन तरिकाले गर्न मिल्छ । एकपटक गरेपछि सधैँका लागि हुन्छ भने एक्स्टेन्सन गरेको अरूलाई थाहै हुँदैन ।

    आइब्रो
    आइब्रो (आँखीभौँ) थ्रेडिङ गर्ने कुनै नयाँ ट्रेन्ड होइन । सबैजसो नेपाली युवतीले आँखीभौँ थ्रेडिङ गरेकै हुन्छन् । तर, अहिले आइब्रो कलरिङको ट्रेन्ड छ । कपाल या अनुहारको कलरअनुसार आइब्रो कलरिङ गरिन्छ । युवतीहरू स्टाइलिस देखिन यस्तो गर्छन् । मिलाएर आइब्रो कलरिङ गर्दा भद्दा भने देखिँदैन । आइब्रो वाक्सिङको पनि ट्रेन्ड छ । अनुहारअनुसार आँखीभौँको आकार मिलाउन वाक्स गरिन्छ ।

    आइल्यास
    आइल्यास (परेला) घुम्राउने ट्रेन्ड पुरानै हो । तर, अहिले युवतीहरूमा आइल्यास एक्स्टेन्सन (परेला तन्काउने) ट्रेन्ड छ । परेला कम भएका तथा बाक्लो बनाउन चाहनेका लागि थप परेला राखिन्छ । यो परेला साइजअनुसार पाइन्छ । यसरी थपिएको परेला तीन महिनासम्म टिक्छ । त्यसो त अहिले परेला घुमार्ने ट्रेन्ड पनि नयाँ चलेको छ । परेला पर्म गरेर घुमार्ने गरिन्छ । परेला कलरिङको ट्रेन्ड पनि छ । परेला कलरिङ गरेपछि मस्कारा लगाउनु पर्दैन । यो पनि लामो समयसम्म टिक्छ । हल्का खैरो खालको परेला भएकालाई कलरिङ विशेष महत्वपूर्ण हुन्छ । कलरिङ गरेर परेलालाई डार्क ब्राउन बनाइन्छ ।

    फिंगर
    गोडा र हातका रौँ हटाउन वाक्स गर्ने तथा उखाल्ने ट्रेन्ड पुरानै हो । यो अहिले पनि चलिरहेकै छ । तर, हात र गोडाका औँला (फिंगर)मा रौँ पलाएको हटाउने ट्रेन्ड पनि चलेको छ भन्दा धेरैलाई नौलो लाग्न सक्छ । सबैका औँलामा हल्का रौँ पलाएकै हुन्छ । तर, औँलामा पलाएका यस्ता मसिना रौँमाथि खासै कसैलाई ध्यान हुँदैन । तर, सुन्दर देखिन युवतीहरूले यस्ता रौँ पनि हटाउने ट्रेन्ड छ । वाक्स गरेर औँलाका रौँ फाल्न सकिन्छ । रौँ फाल्नाले हात र पैतालाको सौन्दर्यमा निखार आउँछ भने खुबै सफा पनि देखिन्छ ।

    हेयर
    हेयर (कपाल) एक्स्टेन्सन गर्ने ट्रेन्ड पनि युवतीहरूमा खुबै छ । लामो र बाक्लो कपाल बनाएर सुन्दर देखिन चाहनेहरू हेयर एक्स्टेन्सन गर्छन् । पातलो र छोटो कपाल भएकाहरूलाई यो बढी उपयोगी हुन्छ । टाउकोमा भएका रौँमा थप रौँ जोडेर मिलाइन्छ । त्यसो त कपालको हकमा विग गर्ने ट्रेन्ड पनि छ । विग आफ्नो हेयर स्टाइलअनुसार प्रयोग गर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij