मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यौन तथा प्रजनन अधिकारका विषयमा अभिमुखीरण कार्यक्रम नेपालगंजमा सुरु

  • प्रकाशित मिति : सोमवार, पुस ३, २०७४



  • मधु पौडेल , बाँके,२०७४÷०९÷०३ । अभियान नेपाल बाँकेले आयोजनमा संचालित  आङ खस्ने सवाल र यौन तथा प्रजनन अधिकारका विषयमा स्थानिय स्तरमा कार्यरत संस्थाका कर्मचारीको दुई दिने अभिमुखीरण कार्यक्रम सोमबारबाट बाकेको नेपालगंजमा सुरु भएको छ । तालिममा  बाँकेका विभिन्न संघ संस्थाका २४  कर्मचारी तथा सम्वन्धित  संस्थाका पदाधिकारीहरुको सहभागिता छ ।

    वातावरणीय कृषि तथा विकास केन्द्र केड को सहयोग र अभियान नेपाल बाँकेको आयोजनामा सञ्चालित उक्त अभिमुकरण कार्यक्रमको नेपालमा आङ खस्ने महिलाहरुको अवस्था तथा आङ खस्ने समस्याको बारेमा कसरी गाउँगाउँमा अभियानका रुपमा अगाडि लैजान सकिन्छ भन्ने उदेश्य रहेको छ । कार्यक्रमको उद्घाटनको अध्यक्ष गर्दै अभियान नेपालका सदस्य रुद्र सुवेदीले आङ खस्ने समस्या नेपालमा विकराल रुपमा रहेको हुदाँ यसलाई अभियानका रुपमा अगाडि बढाउनु पर्ने  बताउनु भयो ।

    उद्घाटन सत्रमा महिला तथा बालबालिका कार्यलय नेपालगंज बाँकेका प्रमुख शोभा  शाह, वातावरणीय कृषि तथा विकास केन्द्र केडका प्रशिक्षक ईश्वरी नेपाल तथा सुर्खेत,दैलेख ,जाजरकोट हेर्दै आउनु भएका केडका संयोजक राम विक्रम  शाह तथा अभियान नेपाल नेपालगंज बाकेका सचिव सपना भटराई लगाएतले बोल्नु भएको थियो । सो अभिमुखिकरण कार्यक्रम मंगलबार सम्म संचालन हुने नेपालका सचिव भटराईले जानकारी दिनु भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij