शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सुन्धारामा शुरु भयो मोबाइल एक्स्पो

  • प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३



  • काठमाडौं  ।  नजिकिएको दशैंलाई लक्षित गरेर सीटीसी मोबाइल एक्स्पो सुरु भएको छ । काठमाडौको सुन्धारास्थित सीटीसी मोबाइल बजारमा शुक्रबार सुरु भएको मोबाइल एक्स्पोको उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरे ।

    एक्स्पोमा मोबाइलको खरिद्मा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सीटीसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिए । एक्स्पोमा हरेक दिन लक्की ड्र मार्फत ६ जना अवलोकनकर्तालाई मोबाइल दिने तथा ५ जना खरिद्कर्तालाई लक्की ड्र मार्फत मोबाइलका अतिरिक्त २ हजार ५ सयदेखि १० हजार रुपैयाँसम्मको भौचर प्रदान गरिने व्यवस्था पनि रहेको आयोजकले बताएका छन् ।

    एक्स्पोमा स्मार्टफोन खरिद् गर्नेहरुलाई लक्की ड्र मार्फत बम्पर उपहारस्वरुप होण्डा हर्नेट मोटरसाइकल, टिभी, फ्रिज, भ्याकुम क्लिनर र वासिङमेसिन दिने योजना समेत समावेश गरिएको आयोकको भनाइ छ । एक्स्पोमा ८ सयदेखि १ लाख ५० हजार रुपैयाँसम्म पर्ने सबै कम्पनीका मोबाइल राखिएका छन् । आयोजकले असोज १५ गतेसम्म हुने एक्स्पो ३ लाख भन्दा बढीले अवलोकन गर्ने अनुमान गरेको छ ।
    एक्स्पोको उद्घाटनका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मोबाइल सेवाको विस्तारले जनजीवन धेरै सहज भएको भन्दै यसमा निजी क्षेत्रको ठूलो योगदान रहेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij