मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

प्लेग रोगको महामारीबारे नयाँ तथ्य फेला, जुम्रा र उपियाँबाट पनि संक्रमण !

  • प्रकाशित मिति : मङ्लबार, माघ २, २०७४



  • काठमाडौं, माघ २ । मानव इतिहासकै सबैभन्दा भयानक महामारीको रुपमा रहेको प्लेग अर्थात (ब्ल्याक डेथ)का लागि मुसा मात्रै दोषी नरहेको अनुसन्धानकर्ताले दाबी गरेका छन् ।

    चौधौं शताब्दीमा युरोप र एसियामा फैलिएको प्लेग महामारीका कारण २ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरिन्छ ।

    शृङ्लाबद्ध रुपमा फैलिएको प्लेगको संक्रणले महामारीको रुप लिएपछि यसलाई ब्ल्याक डेथ भन्ने गरिएको छ ।

    अहिलेसम्म मुसाको कारण प्लेगको संक्रमण फैलिएको बताइदै आईए पनि पछिल्लो खोजले यसलाई चुनौती दिएको छ ।

    युनिभर्सिटी अफ ओस्लो र युनिभर्सिटी अफ फेराराका अनुसन्धानकर्ताले प्लेगसहितका महामारी फैलिनुमा मुसा नभई उपियाँ र जुम्रा रहेको अनुमान छ ।

    यो रोग लागेपछि मुसाहरुले यसलाई एक ठाउँबाट अर्को ठाउँसम्म ओसारेको प्रमाण भेटिएको ओस्लो विश्वविद्यालयका प्राध्यापक निल्स स्टेनसेथले बताए ।

    महामारी फैलिएका युरोपका नौ शहरमा गरिएको अनुसन्धानमा महामारी फैलिनुको कारण मुसा भन्दा उपियाँ र जुम्रा बढी रहेको देखिएको हो ।

    चौधौं शताब्दीमा मात्रै २ करोड ५० लाख मानिसको ज्यान गएको महामारी १९ औं शताब्दीसम्म शृङ्लाबद्ध रुपमा फैलिएको थियो ।

    यसले गर्दा समग्रमा सात करोड ५० लाखदेखि २० करोड मानिसको ज्यान गएको अनुमान गरिन्छ ।(एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij