प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३
काठमाडौ । सिटिसी मोबाइल एक्स्पो २०१६ को दुई दिनमै ३० हजारले अवलोकन गरेका छन् । एक्सपोमा आकर्षक छुट र सुबिधासहित सामसुङ ग्यालेक्सी जे२ सिक्स र हुवावे मोबाइलप्रति अवलोकनकर्ताको रुची देखिएको छ ।
बिभिन्न कम्पनीका मोबाइलका एसेसरिजको बिक्रि पनि उल्लेख्य मात्रामा भैरहेको सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले बताए । भर्खरै नेपाली बजारमा भित्रिएका युएमआई, ओप्पो, मेजु लगायतका मोबाइलबारे पनि अवलोकनकर्ताको रुची देखिएको छ ।
एक्स्पोमा आउने अवलोकनकर्ताले मोबाइलका ब्राण्ड भन्दा पनि फिचरलाई महत्व दिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । एक्स्पोमा युएमआई मोबाइलले धमाधम बुकिङ पनि गरिरहेको जनाएको छ । एक्सपो असोज १५ गतेसम्म सञ्चालन हुने छ । एक्स्पोको मुख्य प्रायोजन सामसुङ मोबाइलले हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij