मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गरिबको परिचयपत्र पाउनबाट वास्तविक गरिब नै बञ्चित

  • प्रकाशित मिति : शनिबार, माघ २०, २०७४



  • बाजुरा, माघ २० । सरकारले गरिब परिचयपत्र वितरण गरेको भए पनि बाजुरामा अझै वास्तविक गरिबले गरिब परिचयपत्र पाउन सकेका छैनन् ।

    बाजुराको स्वामीकार्तिक गाउँपालिकामा वितरण गरिएको गरिब घरधुरी परिचयपत्र नामावलीमा वास्तविक गरिवले परिचयपत्र नपाएको स्थानीयले गुनासो गरेका छन् ।

    गाउँपालिकामा रहेका गरिबले परिचयपत्र पाउनुपर्ने भए पनि पहुँचका आधारमा आर्थिक समृद्ध भएकाले पाएको ४ नं वडाध्यक्ष कासीराम थापाले बताए ।

    गाउँपालिकामा रहेका कुनै न कुनै रोजगारी भएका घर परिवारका रुपमा सूचीकृत भएको र पाउनै पर्ने दलित तथा वास्तविक गरिब घर परिवारको नाम छुटेको उनले बताए ।

    उत्तरी भेगमा रहेको स्वामीकार्तिक गाउँपालिकाका एक हजार ६४५ घर परिवारलाई गरिब घरधुरी परिचयपत्र वितरण गर्नुपर्ने भए पनि सोही गाउँपालिकाका–४ का पलला संज्याल, विशाख कठायत, सगुन्या नेपाली ५ नं वडाका विउरा विक, कर्णवीरे विकलगायतको गरिब परिचयपत्रमा नाम उल्लेख नभएको गाउँपालिका लेखा सहायक कर्णवीर बुढाले जानकारी दिएका छन् ।

    तत्कालीन जिल्ला विकास समितिले तथ्यांक संकलनमा जिल्लाका शिक्षक, कर्मचारी र रोजगार व्यवसायमा लागेको गरिब घरधुरीमा नाम संकलन तथ्यांक त्रुटिपूर्ण रहेको बुढाले बताए ।

    सीमित व्यक्तिलाई सोधपुछ गरी तत्कालीन जिविसका कर्मचारीले तथ्यांक लिएको हुँदा वास्तविक गरिब छुट्न गएको बुढाको भनाइ रहेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij