मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

स्वास्थ्य सुरक्षा कोष कार्यक्रममा सदस्य संख्यामा बृद्धि

  • प्रकाशित मिति : शनिबार, माघ २०, २०७४



  • मधु पौडेल , बाँके । बाँके जिल्लामा वि.सं २०६८ सालमा सञ्चालित समुदायमा आधारित लघु स्वास्थ्य सुरक्षा कोष कार्यक्रममा स्थानिय महिलाहरुको  कोष सदस्य बन्ने आकर्षण बढि रहेको छ ।

    विभिन्न लाभ प्याकेजको साथमा  सन्जिवनी सामुदायिक स्वास्थ्य सुरक्षा कोषको नाममा सञ्चालित समुदायद्धारा समुदायको स्वाथ्य र स्वाथ्य उपचार प्रक्रियामा रहेको आर्थिक जोखिम घटाउदै समुदाय भित्र रहेका विपन्न महिला,बालबालिका तथा परिवारका आश्रित सदस्यहरुको स्वाथ्य अवस्था सुधार तथा सुरक्षा गर्ने कोषले २०१८ अन्तिम पौष सम्ममा ७३ हजार ७  सय चौवन्न जनाको सहभागिता रहेको थियो ।

    २९ हजार ९सय ४५ ओटा दावी समुह रहेको निर्धन उत्थान बैक लिमिटिेडका कार्यक्रम व्यवस्थापक जिताराम गौतमले बताए । उनका अनुसार २०१८ पौषको अन्तिम सम्ममा भुक्तानी २०करोड ८ लाख ५२  हजार दिइएको थियो ।  कोषका सदस्यहरु विरामी भएपछि तोकिएका अस्पताल तथा सेवा प्रदायक कहाँ उपचार गराउदा हुने खर्च रकम कोषको नियम अनुसार उपलब्ध गराउने व्यवस्थाका साथ अगाडि बढेको यस कार्यक्रमले ग्रामिण विपन्न समुदायद्धारा सामुहिक रुपमा स्वास्थ्य उपचारमा हुन सक्ने जोखिमबाट परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने उदेश्यले संञ्चालित कार्यक्रममा अझै सुविधाहरु बढाउनु पर्ने कोष सदस्यहरुले बताउने गरेको संजिवनी नेपालगंज उदयपुर शाखाकी सगुन थापाले बताइन । उनीले भन्छिन,“ कार्यक्रम प्रति समुहका सदस्यहरुको सन्तुष्टि बढै गएको छ तर सुविधा अझै बढाउनु प¥यो भन्नु  हुन्छ तैपनि न्युनतम सदस्यता शुल्कले एक महिनामा ४२ सय को सुविधा लिन पाउनु हुन्छ ” ।

    बाँके भित्रका १७ वटा हपिस्टल र निजी बहिरंग सेवाको लागि भनेर करिव १० ओटा क्लिनिकहरुमा सन्जिवनी कोषका सदस्यहरुले उपचार गराउन पाउने बताउछन कार्यक्रम व्यवस्थापक गौतम ।

    संजिवनी उदयपुर  शाखा दावी समितिकरी पुर्व अध्यक्ष उमा ग्राण्डन भन्छिन,“ पहिला सानो रोग भनेर धेरै ध्यान नदिने पनि यस कार्यक्रमको सदस्य भए पछि निरन्तरताका साथ सानो रोगलाई ध्यान पुर्वक उपचार गराउने गरेको पाइन्छ, जसले गर्दा यस कार्यक्रमले रोग पालेर बस्न बाध्य हुनु पर्दैन,” उनले थपिन, यसको बारेमा महिलाहरुले बुझेका थिएनन तर अहिले चेतना बढेको छ, रोग जचाउने बानी परेको छ, संजिवनी स्वास्थ्य सुरक्षा कार्यक्रमले अवस्यकताका साथ साथै खर्च पनि दिएको छ ।”। पुर्व अध्यक्ष ग्राण्डनका अनुसार शहरी क्षेत्रका महिलाहरु भन्दा पनि ग्रामीण तथा विपन्न वर्गका महिलाका लागि अति फलदायि रहेका छन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij