आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बसन्त रेग्मीले जिताए नेपाललाई, नामिबिया १ विकेटले पराजित

  • प्रकाशित मिति : शुक्रबार, माघ २६, २०७४



  • आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले विजयी सुरूवात गरेको छ।

    नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले कमजोर ब्याटिङका बाबजुत ४९.३ बलमा लक्ष्य पुरा गर्दै विजयी सुरूवात गरेको हो।

    नेपाललाई जिताउन बसन्त रेग्मीले उत्कृष्ट पारी खेल्दै नटआउट २४ रन बनाए। २४ बल खेलेका रेग्मीले १ छक्का र १ २ चौका प्रहार गरेका थिए।

    अन्तिम दुई ओभरमा नेपाललाई खेल जित्न १६ रन आवश्यक थियो।  ४८ औं ओभरको पहिलो र दोस्रो बल सन्दिप लामिछानेले खेल्न सकेनन्।  तेस्रो बलमा एक रन लिँदै रेग्मीलाई स्ट्राइक छोडिदिए। रेग्मीले लङअनमा छक्का प्रहार गर्दे नेपाललाई खेलमा फर्काए।

    त्यसपछि नामिबियाका खेलाडीले वाइड फाले। अर्को बलमा रेग्मीले १ रन लिए। ४८‍औं ओभरको अन्ति बलमा लामिछानेले केही खेल्न सकेनन्।

    अन्तिम ओभरमा नेपाललाई ९ रन आवश्यक रहेको बेला पहिलो बलमा रेग्मीले २ रन लिए। दोस्रो बलमा चौका हान्दै खेलमा फर्किए।  तेस्रो बलमा नामिबियाका खेलाडीले वाइड फालेपछि नेपालले ४ बल बाँकी छँदै खेल जितेको हो।

    यसअघि सुरूमै विकेट गुमाएको नेपालले १२औं ओभरको दोस्रो बलमा कप्तान पारस खड्कालाई सस्तैमा गुमाएको थियो। यस्तै १३औं ओभरको चौथो बलमा आरिफ शेख शून्य रनमा आउट भए।

    यसअघि ३५ बल खेलेका खड्काले १९ रन बनाएका थिए। विलियम्सको बलबाट आउट हुनअघि उनले २ चौका प्रहार गरेका थिए।

    यसअघि दोस्रो ओभरको पहिलो बलमा ओपनर दिलिप नाथ आउट भए। उनले सामना गरेको पहिलो बलमै आउट भएका हुन्।

    यसअघि नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा नेपालले टस जितेर नामिबियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो। निर्धारित ५० ओभरको खेलमा नामिबियाले ३४.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको थियो।

    नामिबियालाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए भने सोमपाल कामीले ३ विकेट लिएका थिए।

    सरद भेसवाकर, पारस खड्का र बसन्त रेग्मीले समान १-१ विकेट लिएका थिए।

    नामिबियाले ३ रन हुँदा पहिलो विकेट गुमाएको थियो। त्यसपछि नामिवियाको २३ रन हुँदा नेपालले दोस्रो सफलता हात पार्‍यो।

    त्यसपछि नामिबियाको स्कोर ७५ रन हुँदा नेपालले तेस्रो सफलता हात पार्‍यो। नामिवियाका जीन पियरे कोट्जीलाई ब्यक्तिगत नौ रनमा बसन्त रेग्मीले आउट गरे।

    त्यसको लगत्तै राम्रो लयमा देखिएका क्रेग विलियम्सलाई सन्दिपले एलबीडब्लु धरापमा पारे। उनले ४१ रन बनाए । नामिवियाको स्कोर ८० रन हुँदा नेपालले पाँचौ विकेट लिन सफल भयो ।

    कप्तान पारस खड्काले ग्यारेथ इरामुसलाई खाता खोल्न नदिदै आउट गरे। लगत्तै सन्दिपले नामिबियाका कप्तान बुर्गेरलाई आउट गरेपछि नेपालले छैठौं सफलता हात पार्‍यो।

    नामिवियाको पारीलाई सम्हाल्न खोजिरहेका जेन फ्रेलिङकलाई शरद भेषवाकरले २२ रनमा आउट गरेपछि घरेलु टिमले ११६ रनमा सातौं विकेट गुमाउँदै दबाबमा पर्‍यो।

    त्यसपछि नामिवियाको १३२ रन हुँदा ८औं विकेट झर्‍यो। जेन ग्रिनलाई सोमपालले २२ रनमा पेभेलियन फर्काए। बर्नाडलाई सन्दिप लामिछानेले  कप्तान पारस खड्काको हातबाट क्याचआउट गराउँदै नेपाललाई नवौ सफलता हात पारे।

    नेपाली राष्ट्रिय क्रिकेट टिममा पहिलो पटक स्थान बनाएका रोहितकुमार पौडेलले आजको खेलबाट राष्ट्रिय टिममा डेब्यू गर्दैछन्।

    नेपालका लागि भारतीय ब्याटिङ कन्सल्ट्यान्ट सुलक्षण कुलकर्णीले रोहितलाई डेब्यु क्याप हस्तान्तरण गरेका हुन्। आजको खेलमा शक्ति गौचनलाई आराम दिइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij