मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

थ्री स्टारका कप्तान लामाको सफल शल्यक्रिया, ६ देखि ८ महिना मैदान बाहिर रहने

  • प्रकाशित मिति : आइतवार, माघ २८, २०७४



  • थ्री स्टार क्लबका कप्तान बिक्रम लामाको शइतबार बिहान १ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया गरिएको छ ।

    दाहिने गोडामा चोट लागेका लामाको बरिष्ठ अर्पेथोडिक सर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको टिमले सफल शल्यक्रिया गरेको हो ।

    लामाको आइतबारदेखिनै फिजियोथेरापि शुरु गरिने र उनी उपचारको ६ देखि ८ महिनामा खेल मैदानमा फर्कने डा.चक्रराज पाण्डेले बताए।

    धरानमा जारी बुढासुबा गोल्डकपको फाइनल खेलका क्रममा नेपाल पुलिस विरुद्धको खेलमा घाइते भएपछि लामालाई तत्काल काठमाडौंस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ल्याइएको थियो।

    शनिबार भएको फाइनलमा पुलिसलाई हराउँदै थ्रीस्टारले सिजनको दोस्रो उपाधि हात पारेको थियो। मिडफिल्डर विक्रम नेपालको राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य समेत हुन्।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij