मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गाईको बाच्छीमात्रै जन्माउने प्रविधि प्रभावकारी बन्दै

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १७, २०७४



  • चितवन, फागुन १६ । धेरै दूध दिने ठूला गाईका बाच्छा व्यवस्थापन गर्न समस्या भइरहेकाबेला अमेरिकाबाट भित्र्याइएको बाच्छीमात्रै जन्माउने वीर्य नेपालमा प्रभावकारी भएको पाइएको छ ।

    चितवन, फागुन १६ । धेरै दूध दिने ठूला गाईका बाच्छा व्यवस्थापन गर्न समस्या भइरहेकाबेला अमेरिकाबाट भित्र्याइएको बाच्छीमात्रै जन्माउने वीर्य नेपालमा प्रभावकारी भएको पाइएको छ ।

    नेपालको राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा र राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरसहित केही व्यावसायिक फार्मले सो वीर्य प्रयोग गरिरहेका छन् ।

    राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका संयोजक डा. माधव आचार्यकाअनुसार एक वर्ष ६ महिनाअघिबाट रामपुरमा उक्त वीर्य होलस्टेन गाईमा प्रयोग गरिँदै आएको छ । यो महिनामामात्रै तीनओटा बाच्छी जन्मिएको उनले बताए ।

    हालसम्म ५० ओटा गाईमा वीर्य प्रयोग गरिएको र सातओटाले बाच्छी जन्माइसकेका छन् भने अन्य ब्याउने तयारीमा छन् । उनकाअनुसार सो वीर्यबाट सतप्रतिशत बाच्छीमात्रै जन्मने गर्दछन् ।

    वीर्य रहने मात्रा भने २५ प्रतिशतमात्रै हुने भएकाले दुई/तीनपटक वीर्य प्रयोग गर्नुपर्ने हुन्छ ।

    नश्ल सुधार भएर अमेरिकाको शुद्ध होलस्टेन गोरुको वीर्य प्रयोग हुने हुँदा जन्मने बाच्छीको तौल निकै बढी हुने गर्दछ भने गाईले बढी दूध दिने आचार्यले बताए ।

    उनकाअनुसार उक्त वीर्य प्रयोग गरेका गाईले एक दिनमा २६ लिटरसम्म दूध दिएका छन् । अन्य वीर्य प्रयोग गरी ब्याएका गाईले १५ लिटर हाराहारी दूध दिएको उनले बताए ।

    बाच्छीको तौल जन्मँदैमा ४४ किलो हाराहारी रहेका छन् । अन्य वीर्य दिँदा १७ किलो हाराहारी जन्मिने गरेको संयोजक आचार्यले बताए ।

    योसँगै बाच्छीमात्रै जन्मिने भएकाले व्यवस्थापनको समस्या पूरै हटेको छ । यस्ता बाच्छीबाट छिटो गर्भधारण गर्ने र दूध धेरै दिने विज्ञले बताएका छन् ।

    नेपालको पोखरामा आफैं वीर्य उत्पादन गर्ने तयारी सरकारले गरिरहेको आचायले बताए । सो प्रविधिलाई ‘सेक्सिड सिमेन’ भनिन्छ, जसबाट बाँच्छीमात्रै जन्मने गर्दछ ।

    वीर्यमा हुने एक्स क्रोमोजमले पुरुष र वाई क्रोमोजमले स्त्री जन्माउने गर्दछ । सामान्य अवस्थामा एक्स र वाई मिसिएर पुरुष र स्त्री लिंगी बराबर जन्मिन्छन् ।

    आचार्यकाअनुसार यस प्रविधिअन्तर्गत् संकलित साँढेको वीर्यलाई वाई वाई क्रोमोजम छुट्याएर प्रयोगमा ल्याइन्छ । जसका कारण बाच्छीमात्रै जन्मिने गर्दछ ।

    क्रोमोजम छुट्याउने प्रविधि निकै खर्चिलो हुने हुँदा विभागले पोखरामामात्रै उपकरण जडान गरी वीर्य उत्पादन गर्ने तयारी गरिरहेको छ ।

    होलस्टेन, जर्सीजस्ता गाईबाट जन्मिने बाच्छाको जुरो नहुँने हुँदा जोत्न नमिल्ने भएकाले यसलाई सडकमा छाड्ने गरेको पाइन्छ ।

    नेपालमा गाईको संख्या ७२ लाख रहेको छ । देशभरमा उत्पादित दूधमध्ये ३० प्रतिशत हिस्सा गाईले ओगटेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij