मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मिर्गौला पीडितलाई रु दुई लाख १९ हजार

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १७, २०७४



  • मिर्गौलाको रोगबाट ग्रसित म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थान मगरदाङकी नरू घर्तीको उपचारमा रु दुई लाख १९ हजार ७५१ संकलन भएको छ ।

    दुवै मिर्गौलामा खराबी भएपछि फिस्टेल अस्पताल, पोखरामा उपचार गराइरहेकी घर्तीलाई सूर्यमुखी युवा क्लब, घरथोक देविस्थानले शुरु गरेको सहयोग संकलन अभियानमार्फत संकलित रकम एक कार्यक्रमबीच बुधबार हस्तान्तरण गरिएको छ । क्लबका सचिव दिलबहादुर राना, सल्लाहकार लोकबहादुर घर्ती, क्लबका सदस्य धनबहादुर घर्ती (दीपु), दुर्गा घर्ती र यतम घर्तीले स्वास्थ्य लाभको कामना गदैं रकम हस्तान्तरण गरेका हुन् ।

    उपचारका क्रममा आर्थिक अभाव भएपछि क्लबले शुरु गरेको ‘नरु बचाउ’ अभियानमा अमेरिकामा रहेका क्लबका सल्लाहकार तीर्थ प्रेमा घर्तीमगरको पहलमा अमेरिकामा रहेका म्याग्देलीसहित नेपालीबाट संकलन भएको  एक लाख ८७ हजार १५१, मलेसियामा रहेका क्लबका सदस्य खिम रानाले पाँच हजार ५००, विजय बुढा रु १० हजार, सूर्यमुखी क्लब र १० हजार, भरिमा फगामी मगरदाङ  पाँच हजार, देवीन्द्र, मीरा फगामी, बेनीबाट र दुई हजार ५५ लगायतको सहयोग हस्तान्तरण गरिएको क्लबका सदस्य दीपु मगरले बताए ।

    ‘सहयोग संकलन अभियान जारी छ । खुल्ला हृदयले सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छौँ, उनले भने । क्लब विगतमा समेत देविस्थानमा खेलकुद प्रतियोगिता सँगै सामाजिक कार्यमा समेत सक्रिय छ । उपचारकै क्रममा रहेकाले थप सहयोगको आवश्यकता रहेको परिवारले जनाएको छ । पीडितलाई स्वदेश तथा विदेशमा सहयोग संकलन भइरहेको छ । जिल्लामा आर्थिक अवस्था कमजोर भएकालाई उपचारमा अभियान सञ्चालन गर्ने गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij